पोखरा, १५ भदौ । पाल्पाली समाज पोखराको आयोजनामा तीज अवसरमा चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
मातृसेवा प्रतिष्ठानका अध्यक्ष तुलसा पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला दिदीबहिनीहरुले तीजेगीतमा छमछमी नाचगान गरी शुभकामना साटासाट गरेका थिए ।
कार्यक्रमको उद्घाटन भने नाचेर फरक ढंगले गरिएको छ । ‘तीजको लहर आयो बरिलै’ भाखामा प्रमुख अतिथि पाण्डे नाच्न सुरु गरेपछि अरुहरुले पनि साथ दिएका थिए । तीज पर्व महिलाको लागि महान चाड भएको बताउँदै उनले पाल्पाली समाजले बर्सेनि पाल्पाली चेलीहरुलाई एकै ठाउँमा जम्मा पारेर कार्यक्रम गर्नु सह्रानीय पक्ष भएको बताइन् । उनले विगतमा महिलाहरुलाई झनै दुःख थियो भन्दै अहिलेका दिदीबहिनीहरुले पनि जीवनमा संघर्ष गरिरहनुपर्ने सुझाइन् ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले तीज सम्बन्ध सुधार तथा रमाइलो गर्ने पर्व भएको बताए । उनले समाजले पोखरामा पहिलोपल्ट चेलिबेटीलाई तीजको दर खुवाउने प्रचलन सुरू गरेको स्मरण गरे । त्यसको सिको अहिले विभिन्न संघसंस्थाले गरेको उल्लेख गर्दै संस्कृति रक्षा गर्नुपर्ने तर विकृति विसंगतिबाट भने टाढा रहनुपर्ने बताए ।
पाल्पाली समाज समाजका अध्यक्ष बालचन्द्र परियारले समाज चेलीबेटी भेटघाटलगायत समयसमयमा विभिन्न कार्यक्रममा क्रियाशील हुँदै आएको बताए । उनले पाल्पा जिल्ला माइत वा घर भई पोखरामा विभिन्न पेसा व्यवसाय गरी बसोबास गर्ने चेलीबेटीहरुलाई तीजको अवसरमा यसरी भेटघाट गरी शुभकामना साटासाट गर्ने कार्यले भाइचारा र सुमधुर सम्बन्ध विकासमा मद्दत मिल्ने बताए ।
संस्थाका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीधर पराजुलीले गरेका थिए । कृष्णप्रसाद मिश्रको संयोजकत्वमा भएको कार्यक्रमको संचालन महासचिव सञ्जय आत्रेयले गरेका थिए ।
समारोहमा समाजमा सल्लाहकार संयोजक जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष तथा सल्लाहकार जगदीश गौतम, नारायणप्रसाद पौडेल, रेशम रचक, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य लगायत महिला दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति थियो।
आजभन्दा ३० वर्षअघि जिल्ला प्रशासनमा दर्ता भएको पाल्पाली समाज पोखरा सम्पर्क समाजमा सबैभन्दा पुरानो हो।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१