सशक्तीकरणमा महिला सीप विकास अग्रणी

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०८१
Mahila

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जदेवी गुरुङले महिलाहरुको सशक्तीकरणमा महिला सीप संस्थाले अग्रणी भूमिका खेलेको बताएकी छन् ।

महिला सीप विकास संस्था पोखराको २८ औं साधारण सभा तथा महिला सीप विकास बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उपप्रमुख गुरुङले संस्थासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताइन् । महानगरमा महिला उत्थानका लागि धेरै कार्यक्रमहरु रहेको उल्लेख गर्दै सबैलाई सहभागी हुन पनि उनले आग्रह गरेकी थिइन् । साथै, उनले महिलाहरुबाट सञ्चालित सहकारीले राम्रो कार्य गरिरहेको उल्लेख गरिन् ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपाली हस्ताकलाका सामग्री अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सफल सीप विकास संस्थाले धेरैलाई रोजगारी दिएर उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारले सीप विकास संस्थाले उत्प्रेरकको भूमिका खेलिरहेको उल्लेख गरे ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले महिलाहरुको आर्थिक सशक्तीकरणमा संस्थाको योगदान महत्वपूर्ण रहेको बताए ।

सहकारीका संस्थापक अध्यक्ष रामकली खड्काले संस्थाका विभिन्न चुनौतीबारे जानकारी गराइन् ।

महिला सीप विकास संस्थाका अध्यक्ष देवी गुरुङ र महिला सीप विकास सहकारीका अध्यक्ष रामकली खड्काले उक्त कार्यक्रममा संयुक्त रुपमा अध्यक्षता गरेका थिए ।

कार्यक्रममा आजीवन सदस्य, असल बचतकर्ता, असल कारोबारी तथा शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका संस्थाका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष तारा गर्वुजाको स्वागत मन्तव्य रहेको कार्यक्रम सञ्चालन सल्लाहकार विष्णुप्रसाद बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width