पोखरा, १४ भदौ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पहिलो साधारण सभा तथा हरितालिका तीज विशेष एवं सम्मान कार्यक्रम भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राज्यको सीमित सुविधाका बाबजुद आफ्नो अमूल्य समय र योगदान समुदायका लागि समर्पित भएर महिला स्वस्थ्य स्वयंसेविकाले गरेको कार्य अन्तर्राष्ट्रियस्तरमै उदाहरणीय रहेको बताए ।
महानगरका स्वस्थ्य स्वयंसेविकाको हकहितका लागि सधैँ साथमा रहेको उनले बताए । उनले गत वर्षदेखि ६० वर्ष पुगेर स्वस्थ्य स्वयंसेवाबाट बिदाइ हुने स्वास्थ्य स्वयंसेविकालाई महानगरले एकमुष्ठ ५० हजार दिने गरेको बताए । बिदाइ हुनेमा पोखरा २१ का हरिमाया लामिछाने, सीतादेवी अधिकारी, पोखरा ३१ की वसन्ती पौडेल, पोखरा १८ की रत्नदेवी जिसी, पोखरा २८ की सीतादेवी पौडेल र पोखरा २५ की भगवती बास्तोला छन् ।
कार्यक्रममा पोखरा २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा ४ वडा अध्यक्ष देवकृष्ण पराजुली, पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीलगायत बोलेका थिए ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कास्कीका अध्यक्ष भीमा पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा स्वस्थ्य स्वयंसेविकाले नियमित खोप कार्यक्रमबाहेक थुपै्र स्वास्थ्य सचेतनामूलक कार्यक्रम गर्दै आएको बताइन् । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष संगीता बराल र संचालन सचिव गीता भण्डारीले गरेका थिए ।
पोखरा महानगरका ३३ वटा वडामा हाल ६ सय ५६ जना स्वस्थ्य स्वयंसेविका छन् ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१