नवलपुर । विनयीत्रिवेणी गाउँपालिका ७, रानीनगरमा निर्माणाधीन सेफ्टी टंयाकीमा निसासिएर शुक्रबार ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रानीनगरमा भोलासिंह क्षेत्रको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टी टंकीभित्र काम गर्ने क्रममा उनीहरु अचानक बेहोस भएका थिए । घटनामा घरधनी भोलासिंह क्षेत्रीका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षत्री, विनयीत्रिवेणी ७ निवासी शिव बोगटीका १९ वर्षीय छोरा गणेश बोगटी र बर्दघाट नगरपालिका ७ निवासी २८ वर्षीय मोहम्मद राजाको मृत्यु भएको हो ।
सेफ्टी टंकीमा बेहोस भएका उनीहरुलाई अस्पताल लगिएकोमा प्रकाश सिंहको परासीस्थित जिल्ला अस्पताल, पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल, भैरहवामा निधन भएको हो ।
मोहम्मद राजा मजदुर हुन् । उनी बेहोस भएर प्रकाशसिंह क्षत्री बचाउन गएका थिए । गणेश छिमेकी हुन् ।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
गण्डकी पेट्रोलियम कम्पनीले मनायो स्वर्ण महोत्सव
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
डिएलए कास्कीमा शर्मा
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१