पोखरा । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसद्मा प्रस्तुत भएको टिप्पणी गरेका छन् । पोखरामा एमाले गण्डकी प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव पोखरेलले ‘जनयुद्ध’ नाममा माओवादीका कार्यकर्ता मात्रै मारिएनन्, एमालेसहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे ।
उनले एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने बताए । साथै, आन्तरिक प्रतिस्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्वाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन–८४ तयारीमा लाग्न आग्रह गरे ।
महासचिव पोखरेलले कांग्रेस–एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको सञ्चार जगाउन भएको उल्लेख गर्दै देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्य गर्न बनेको बताए ।
सञ्चारमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आवश्यकता भएको भन्दै देशमा विकासको खाका कोर्दै प्रतिफलमा केन्द्रित भएको बताए । सरकारका प्रवक्तासमेत रहेका उनले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै सरकार सफल हुन पार्टीसहित सबै जनसंगठन सक्रियरूपले परिचालित हुनुपर्ने उल्लेख गरे ।
आन्तरिक एकता निर्माणलाई सर्वाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन–८४ तयारीमा लाग्न आग्रह
रचनात्मक तवरले समयानुकूल कार्यसम्पादनमा जुट्न आग्रह गर्दै गुरुङले परिस्कृत शैलीले जनताको काम गर्न आग्रह गरे ।
गण्डकी प्रदेश कमिटी निवर्तमान इन्चार्ज एवं केन्द्रीय कमिटी सचिव गोकर्ण बिष्टले अत्यन्त जटिल अवस्थामा एमालेले सरकारको नेतृत्व लिएको र यो चुनौती अवसरमा बदलेर देशमा पूर्ण आशाको सञ्चार गर्नुको विकल्प नभएको उल्लेख गरे । परिणामलाई निर्धारित गरेर अगाडि बढ्न सबै पार्टी पंक्ति लाग्नु पर्ने भन्दै बिष्टले युवा पलायनलगायत गम्भीर समस्या निराकरण गर्न एमालेको सरकार केन्द्रित भएको जानकारी दिए ।
प्रदेश कमिटी इन्चार्ज स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हँुदा जनताका आवश्यकता र सरोकारका विषयमा केन्द्रित हुन आग्रह गर्दै जनताको सुखदुखको सारथि बन्न आग्रह गरे ।
एमाले गण्डकी संसदीय दलका नेता एवं पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी सुरु भएको जानकारी दिँदै सम्बृद्ध प्रदेश, सुखी प्रदेशको सपना पूरा गर्न लागिपर्ने उल्लेख गरे । अधिकारीले परम्परागतभन्दा परिष्कृत र आधुनिक शैलीको सुसंगठित पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिबिधि र कार्यक्रमको जानकारी दिँदै आगामी भावी कार्ययोजनाबारे चर्चा गरेका थिए ।
बैठकले पार्टीका सांगठनिकसहित, जनसरोकार र जनजीविकाका सवालमा वार्षिक कार्ययोजना निर्माण गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।
एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरूसहितले आफ्नो जिल्ला कमिटीका गतिविधि सम्बद्ध रिपोर्ट प्रस्तुत गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले बताइन् ।
Related News
सम्बन्धित समाचार
डिएलए कास्कीमा शर्मा
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप
धनराज भन्छन्–छानबिनमा सघाउँछु
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
भाद्र ३१, २०८१पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१