अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०८१
Cricket Ampire Photo

पोखरा । पोखरामा अम्पायरिङ रिफ्रेसर तथा अनलाइन स्कोरिङ कोर्स सुरु भएको छ । क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाले आयोजनामा यहाँ दुईदिने उक्त कोर्स सुरु भएको हो ।

कार्यक्रम उद्घाटन नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्दले गरे । कार्यक्रममा देशैभरबाट ६५ जना अम्पायर र ७ जना अनलाइन स्कोरर सहभागी छन् । नियममा आएका परिवर्तनदेखि नयाँ अपडेटबारे परिचित गराउने उद्देश्यले यो कार्यक्रम गरिएको एसोसिएसन अध्यक्ष सत्यजित सरकारले जानकारी दिए । कार्यक्रमले अम्पायरिङमा सहयोग पुग्ने आयोजकको विश्वास छ । कार्यक्रममा अन्तर्राष्ट्रिय अम्पायरले प्रशिक्षण दिने छन् ।

नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चन्दले अम्पायर क्रिकेटका नियमप्रति अपडेड हुन जरुरी गरेको बताए । उनले नेपाल धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भन्दै अम्पायरले भरपूर अवसर पाउने उल्लेख गरे । सन् २०२७ मा हुने विश्वकप पोखरामा पनि खेलाउने चाहेको अध्यक्ष चन्दले बताए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width