मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०८१
madan prize

पोखरा । मोहन मैनालीको ‘मुकाम रणमैदान’ कृतिले २०८० सालको मदन पुरस्कार पाएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा बैठकले ‘मुकाम रणमैदान’ कृतिका लागि मैनालीलाई पुरस्कार दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाए ।

यसैगरी भाषाविद् प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ । दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ छ ।

गुठीले मदन पुरस्कारका लागि यसअघि पाँच पुस्तकको नाम सार्वजनिक गरेको थियो । तीमध्ये भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुनतेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) पनि परेका थिए । गुठीले यस वर्ष ३०४ वटा कृति प्राप्त भएकोमा पाँच कृति छनोट गरेको थियो ।

२०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।

जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि दिन थालिएको हो। पहिलोपटक उक्त पुरस्कार नारायण गोपाललाई प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width