पोखरा, १३ भदौ । यस वर्षको डागर स्मृति पुरस्कार युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई प्रदान गरिने भएको छ । डागर स्मृति प्रतिष्ठान नेपालको बैठकले राणालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।
प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ ।
सन् २०१९ देखि अन्तरिक्ष यात्रीका रूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेसँगै सन् २०१९ बाट उनले व्यावसायिक जीवन सुरू गरेका थिए ।
दीक्षान्त हाल बुद्ध एयरका प्रथम अफिसर तथा को–पाइलट छन् ।
पोखरामा २३ भदौमा राजन पराशर डागरको स्मृति दिवस तथा ऋषि पञ्चमीका दिन उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यसअघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा. तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनीषा द्वा सो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१