पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । १५ बुँदे प्रतिबद्धतापत्रसहित टोलीले घरदैलो गर्दै मतदातासँग भोट मागिरहेको छ ।
विन्ध्यवासिनी मन्दिर दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौरदेखि छोरेपाटनसम्मका व्यवसायीको पीरमर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
संघको छवि उचाइमा पु¥याउन आफूहरुको जीत सुनिश्चित भएको पोखरेल प्यानलको दाबी छ ।
‘सम्मानित संघ, समुन्नत व्यवसाय’ नारा आत्मसात् गर्दै संघलाई आमपोखरेलीको साझा घरको रुपमा विकास गर्ने संकल्प अध्यक्षका प्रत्यासी पोखरेलको छ । आफू निर्वाचित भए साना, मझौला र ठूला व्यावसायीहरुको समस्यामा साथै रहने पोखरेलले उल्लेख गरेका छन् ।
उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ, उपमहासचिवमा बालकृष्ण कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, कार्यसमिति सदस्यमा भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितबहादुर कुँवर, दुधमान (आशीष) गुरुङ, यादवप्रसाद पोखरेल रहेका छन् ।
यही २८ र २९ भदौमा हुने ३५ औं महाधिवेशनबाट आगामी २ वर्षेकार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित हुनेछ ।
उता, अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१