पोखरा पर्यटन परिषद्मा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८१
touism council Taranath pahari

पोखरा, १३ भदौ । पोखरा पर्यटन परिषद्मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले तारानाथ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।
बुधबारको निर्वाचन प्रक्रियामा भिटोफ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका पहारीको अध्यक्षतामा अन्य ६ कार्यकारिणी सदस्य सर्वसम्मत् चुनिएकोमा अध्यक्षले पदाधिकारीमा पद विभाजन गरेका छन् ।

जसअनुसार, निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्ष चौबहादुर गुरूङ, महासचिव जीवनराज सापकोटा, सचिव नारायणप्रसाद सुवेदी, कोषाध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्ष बाबुराम पाण्डे रहेका छन् ।

पदाधिकारीमध्ये प्रथम उपाध्यक्ष बनेका हरि भुजेल टानका पूर्व अध्यक्ष हुन् । चौबहादुर रेवानका पूर्व अध्यक्ष, जीवनराम नेपाल माउन्टेनरिङ एसोसिएसन, नारायणप्रसाद टेसा, निमबहादुर नारा र बाबुराम नेपाल पर्यटक यातायात समितिका पूर्व अध्यक्ष हुन् । रिक्त २ सदस्य अध्यक्षले पछि मनोनीत गर्ने नवनिर्वाचित सचिव नारायणप्रसाद सुवेदीले बताए । समितिको कार्यकाल २ वर्षको हुनेछ ।

साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरा तालैतालको सहर भएकाले बाटर स्पोर्टस् र मिनी क्रुजमा सम्भावना रहेको औंल्याए ।

कार्यक्रममा अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पर्यटन सचिव कुमानसिंह गुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई, भारतीय पेन्सन वितरण केन्द्र रामबजारका प्रमुख ले.क. पिएस बगेल, गायक विवेक श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पोखरा पर्यटन परिषद् पोखरामा सक्रिय पर्यटनसम्बद्ध विभिन्न १४ संघसंस्थाको छाता संस्था हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै