हामखोला झरना ‘वाटरफल महोत्सव’

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८१
waterfall Main

लमजुङ । लमजुङमा आयोजित दुईदिने हामखोला झरना ‘वाटरफल महोत्सव’ भव्यरुपमा सम्पन्न भएको छ ।

हामखोला झरना ‘वाटरफल महोत्सव’ को चौंथो शृङ्खला मस्र्याङ्दी गाउँपालिका–८, भूलभूले र ङादी बजारको बीचमा सञ्चालन गरिएको हो । अन्नपूर्ण चक्रीय पदमार्गसँगै रहेको हामखोला झरनाको प्रचारप्रसार गर्ने र त्यसमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

उनले आफूहरु लक्ष्यको नजिक पुग्न लागेको बताए । उनले भने, ‘हामीले आशा गरेको भन्दा धेरै दर्शकमाझमा महोत्सवका कार्यक्रम पस्कने मौका पाइयो । यसलाई हामीलाई थप हौसला मिलेको छ ।’

संविधानसभाका सदस्य जमिन्द्रमान घलेले उद्घाटन गरेको महोत्सवको पहिलो दिन लोकप्रिय कलाकार खुस्बु गुरुङ लगायतका कलाकारको प्रस्तुतिमा दर्शक झुमेका थिए । मस्र्याङ्दी गाउँपालिकाभित्र आयोजना गरिएका यस्ता मेला महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने आशा लिएको संविधानसभा सदस्य घलेले बताए ।

हामखोला व्यवस्थापन समितिले हामखोला झरनाको प्रचारप्रसार गर्न आयोजना गरेको महोत्सवमा सो विषयमा आधारित सांगीतिक प्रस्तुतिसमेत रहेको जनाएको छ ।

निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

गाउँपालिकाभित्रका विभिन्न विद्यालयका नृत्य, आमा समूह तथा क्लबहरूका नृत्य पनि सोही दिन प्रस्तुत गरिएको हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्येक वर्ष हामखोला झरना महोत्सव आयोजना ३ वर्षदेखि हुँदै आएको छ । उनले भने, ‘निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरू निर्माण गरिएका छन् ।’ त्यो काम गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत संरचना निर्माण गरिनुका साथै झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको उनले जानकारी दिए ।

यसैगरी, दोस्रो दिनमा पालिकाभित्र रहेका विभिन्न होम स्टे समूहहरूको नृत्य, स्थानीय क्लबहरुको नृत्य र प्रतिकूल मौसमको बाबजुद प्रलय ब्याण्डले करिब चार हजार दर्शकमाझ आफ्नो सांगीतिक प्रस्तुति गरेको थियो ।

महोत्सव हेर्न लमजुङ जिल्लावासीका अलावा तनहुँ र गोरखाबाट समेत दर्शक आएका थिए ।

महोत्सवलाई सफल बनाउन बेसीसहरदेखि हामखोलासम्म लमजुङ साइक्लिङ संघले साइकल र्‍याली समेत समेत गराएको थियो ।

लमजुङ सदरमुकाम बेसीसहरबाट करिब ८ किलोमिटरको दुरीमा रहेको उक्त झरनामा बढी पर्यटक बेसीसहरबाटै पुग्ने गरेका छन् । बेसीसहरबाट ७ किलोमिटर दुरी सडक कालोपत्रे भएकोले जान सहज छ ।
२०७६ साउन २५ मा पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • मनाङमा पर्यटक चहलपहल बढ्यो

    रासस असाेज १८, २०८१
    मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मंगलबार मात्रै २ सय ८६…
  • पर्यटनको राजधानी प्रवर्द्धनमा गुरुयोजना बन्दै

    कविराज खनाल असाेज १२, २०८१
    लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहितको प्रतिनिधि सम्मिलित ‘पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’…
  • रिन्जे नाँसामा घरबास प्रवर्द्धन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । ४५ औं विश्व पर्यटन दिवस अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ…

hero news full width

Recent Posts

भर्खरै