विश्व हिन्दूको श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८१
hindu

पोखरा । विश्व हिन्दू महासंघ नेपाल जिल्ला कार्यसमिति, कास्कीको आयोजनामा श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

५२५१ औं भगवान् श्रीकृष्ण जन्माष्टमी समारोह पोखरा सभागृहदेखि श्रीकृष्णको रथारोहणसहित बृहत् शोभायात्रा नगरका विभिन्न भाग परिक्रमा गरी केदारेश्वर मन्दिर परिसर पुगेको थियो । कार्यक्रममा बाजा, भजन, कीर्तनसहित आमा समूहको राधेराधे साइराम ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लगायत क्षेत्र सम्प्रदायको सक्रिय सहभागिता रहेको विश्व हिन्दू महासंघ एवं मातृशक्ति परिचालन समिति गण्डकी प्रदेश संयोजक पार्वता पौडेलले बताइन् ।

प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले श्रीकृष्णजन्माष्टमीको महिमा एवं हिन्दू धर्मको महत्वमाथि प्रकाश पारे ।

विश्व हिन्दू महासंघ कास्कीका संरक्षक एवं केदारेश्वर महादेवमणि संरक्षण समितिका पीठाधीश चिद्घन चैतन्य (डा.लेखनाथ आचार्य), व्यासाचार्य किशोर गौतम, प्रमुख वक्ता डा. चिन्तामणि नाथ योगी, पशुपतिनन्द महाराज, विश्व हिन्दू महासंघका केन्द्रीय सहअध्यक्ष शंकर खराल, बालयोगेश्वर विजयकृष्ण मूर्ति, सनातन धर्म सेवा समिति एवं कृष्णजन्माष्टमी महोत्सव संरक्षक रवीन्द्र माकाजू, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी ब्रम्हाकुमारी सुधा दिदी, विश्व हिन्दू महासंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराम अधिकारी, सदस्य भोलाजंग सुवेदी, केन्द्रीय सदस्य सूर्यप्रसाद भण्डारी, ऋषिराम त्रिपाी, मेनुका बराललगायत बोलेका थिए ।

कार्यक्रममा व्यासाचार्य किशोर गौतमलाई अभिनन्दन गरियो भने बालयोगेश्वर विजयकृष्ण मूर्तिजी महाराज र विश्व हिन्दू महासंघका केन्द्रीय सहअध्यक्ष शंकर खराललाई सम्मान गरियो ।

विश्व हिन्दू महासंघ कास्की अध्यक्ष जगन्नाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघ गण्डकी प्रदेश उपाध्यक्ष शकुन्तला कोइराला, महासचिव डिल्लीराम भट्टराई, तमु धिं नेपालका केन्द्रीय उपाध्यक्ष नारायण गुरुङलगायतको उपस्थिति थियो । विगतका वर्षमा यस वर्ष पनि संस्थाले अभिनन्दन एवं सम्मान गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै