लमजुङ एफसी च्याम्पियन

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८१
AFC Football AS 81

लमजुङ । दुबईमा आयोजित तेस्रो टाइगर कप–२०२४ युएई कपमा लमजुङ एफसी च्याम्पियन बनेको छ । फाइनलमा मेची महाकाली क्लबलाई १–० गोलले पराजित गर्दै लमजुङ एफसी च्याम्पियन बनेको हो ।
विजेता लमजुङ एफसीले कपसहित ४ हजार ४ सय ४४ दिराम प्राप्त गरेको छ । उपविजेता मेची महाकाली क्लबले २ हजार २ सय २२ दिराम पाएको छ ।

नेपाल टाइगर क्लबद्वारा २ दिनसम्म चलेको प्रतियोगितामा युएईका विभिन्न राज्यबाट २४ टिमले भाग लिएका थिए ।

कुल ६ गोल गरेबापत लमजुङ एफसीका हेम आलेमगर (जिरे भाइ) ले सर्वाधिक गोलकर्ताको उपाधि जिते । लमजुङ एफसीकै कप्तान विशन श्रेष्ठले सर्वोत्कृष्ट खेलाडीको उपाधि पाए । सर्वोत्कृष्ट किप्परको उपाधि मेची–महाकालीका गोलकिपर दर्शन कँडेलले हात पारे । फेयर प्लेको अवार्ड भने युथ स्पोटिङ क्लबले हात पारेको आयोजकको भनाइ छ ।

उक्त खेलमा लमजुङ एपसीतर्फबाट कप्तान विशन श्रेष्ठ, पूर्व कप्तान अनिल गुरुङसहितको टिम सहभागी थिए । उक्त अवसरमा लमजुङ एफसीका टिम कोच मेकराशी गुरुङ (धन), टिम मेनेजर नरेश रिमाल, क्लबका संस्थापक मुक्ति गुरुङ, राजु घले, अर्जुनबहादुर गौली, विष्णुलाल श्रेष्ठ साथै मीनकुमारी (ममता) गुरुङ, विष्णु गुरुङ, रुपा गुरुङ, धन गुरुङ (घनपोखरा), तिमोती घले, पूनम तामाङ आले मगर, सुदिप गुरुङ, शर्मिला गुरुङ, मन्दीप गुरुङ, अमर बोहोरालगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भएका छन् । लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रही…
  • पोखरामा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन…
  • पलेशालाई पोखरामा सम्मान गरिने

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई पोखरामा सम्मान…

hero news full width