पोखरा । पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा नेलम्बो नेपालको प्राविधिक सहयोगमा मंगलबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ नाराका साथ ४ दिनसम्म संचालन हुने शिविरमा पोखरा ९ स्थित सहरी स्वास्थ्य केन्द्रको समन्वय छ ।
शिविर उद्घाटन गर्दै पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विपन्न लक्षित कार्यक्रममा वडा तथा नेलम्बोबीच तादाम्यता मिलेको स्पष्ट पार्दै आगामी दिनमा नेलम्बोसँग सहकार्य गर्दै जाने बताए । उनले अव्यवस्थित क्षेत्रका विपन्न बालबालिका लक्षित गरी शिविर संचालन गरेकोमा नेलम्बोप्रति आभार प्रकट गरे ।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाले शिविरमा दाँतसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने बताए । उनले संस्थाले स्वास्थ्य, शिक्षा, वातावरण र अनुसन्धानको क्षेत्रमा कार्य गरिरहेको औंल्याए । सक्रिय सहभागिता भएको ठाउँमा संस्थाले सहकार्य गर्ने उल्लेख गर्दै अध्यक्ष देवकोटाले स्वास्थ्यप्रति सजग रहन सबैसँग आग्रह गरे ।
विद्यालय अध्यक्ष विक्रम थकालीले विद्यालयको स्तरवृद्धिका लागि विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको जनाउँदै शैक्षिक प्रगति पनि सन्तोषजनक रहेको सुनाए ।
विद्यालय प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको पृष्ठभूमि स्मरण गर्दै सरोकारवालाको सद्प्रयासबाट विद्यालय हालको अवस्थामा आएको स्पष्ट पारिन् । उनले दाँत स्वास्थ्यले मानव स्वास्थ्यका साथै सौन्दर्यता पनि टेवा पुग्ने जनाइन् ।
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल तथा नागढुंगा टोल विकास संस्थाका सचिव समेत रहेका विद्यालयका सल्लाहकार विष्णुप्रसाद सुवेदी लगायतले शिविरको महत्वमाथि प्रकाश पारेका थिए ।
शिविरमा डा. दीक्षा क्षत्रीको नेतृत्वमा दन्त चिकित्सक सहायक अञ्जु विक, प्राविधिकहरु रुपेश गुरुङ, ऋतिक चुवार्इं, मुक्तबहादुर माल तथा नेलम्बोमा कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी खटिएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि नन्दराम गिरी, अक्षयकोषदाताहरु, निलम्बो नेपालका प्रतिनिधिहरु, शिक्षक, अभिभावक, विद्यार्थी, सहारा हङकङका प्रतिनिधि, विभिन्न टोल विकास र आमा समूहका प्रतिनिधिहरु, सहारा क्लबका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समिति विक्रम अध्यक्ष थकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक अधिकारीले स्वागत तथा शिक्षक सुदीप कोइरालाले कार्यक्रम संचालन गरे ।
कक्षा नर्सरीदेखि ८ सम्म संचालित उक्त विद्यालयमा हाल २ सय ५० विद्यार्थी अध्ययरत छन् ।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१