पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा मंगलबार २०५ औं भगवती रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन्।
प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणउजिरेश्वरी भगवती रथ यात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल मंगलबार यहाँ आएका हुन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको थियो । जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि उपस्थित थिए ।
नेपाली सेनाले अंगे्रजलाई जितगढी किल्लामा विसं १८७१÷७२ को युद्धमा जीत हासिल गरेको खुसीयालीमा प्रत्येक वर्ष रणउज्जेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा निकाल्ने प्रचलन छ । सोही प्रचलनअनुरुप धूमधामका साथ वीरताको प्रतीक श्री ७ रण उज्जेश्वरी भगवती निकालियो ।
तानसेन बजारको मध्यभागमा रहेको रणउजिरेश्वरी भगवतीको मूर्ति रहेको रथलाई बाजागाजासहित नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, भजन मण्डल, विद्यार्थी, नगरवासी सहभागी थिए । रथले परिक्रमा गर्दा घरघरबाट पूजा दिइएको थियो । रथयात्राको पूर्व सन्ध्यामा कृष्ण जन्माष्टमीको दिन रातभर भजनसहित जाग्राम बसी पूजा गरिएको थियो । रथयात्रा हेर्न तानसेन बजारसहित छिमेकी जिल्लाबाट समेत दर्शकको ठूलो भीड लागेको थियो ।
कर्णेल उजिरसिंह थापाको नेतृत्वको टोलीले जितगढीको युद्धमा अंग्रेज फौजलाई परास्त गरेको खुसीयालीस्वरुप विसं १८७६ देखि भगवती जात्रा मनाउन थालिएको हो ।
भगवतीको जात्रालाई पाल्पा जिल्लाकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको प्रतीकको जात्रा मानिन्छ । भगवती मन्दिरलाई शक्ति सम्प्रदायको मन्दिर पनि भन्ने गरेको संस्कृतिसम्बन्धी जानकार बताउँछन् । नेपाल अंग्रेज युद्ध खासमा बुटवल र स्यूराजको विषयमा भएको थियो । अंग्रेजहरू पाल्पा कब्जा गर्न चाहन्थे । सोहीअनुसार पाल्पा कब्जा गर्न बुटवलबाट युद्ध गर्ने जिम्मा मेजर जनरल जोन सुलिवान उडलाई सुम्पिएको थियो । त्यसबेला पाल्पाका तैनाथवाल थिए नयनसिंह थापाका भर्खरका १९ वर्षे पुत्र उजिरसिंह थापा । उनले विसं १८७१ बाट १८८१ सम्म पाल्पाको तैनाथी चलाएका थिए ।
पाल्पाका तत्कालीन तैनाथवाल कर्णेल उजिरसिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन आराध्यादेवी भगवतीको आरधना र भाकल गरी विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित प्रत्येक वर्ष कृष्ण नवमीका दिन तानसेनमा भगवती जात्रा निकालिन्छ ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१