पोखरामा डायमण्ड मेला हुने

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०८१
Diamond Fest Photo

फाइल फोटो ।

पोखरा । कञ्चन क्यापिटल आयोजनामा पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । यही १२–१९ भदौसम्म मोहरिया टोलस्थित क्रिस कञ्चन ज्वेलरीमा उक्त मेला हुने कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए।
पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा हुने मेला अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम उद्घाटन गरिनेछ ।

मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने गुभाजूले बताए । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्कालगायत गहना राखिने छ । ‘हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताबारे जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’

यस अवसरमा कञ्चन क्यापिटलअन्तर्गत सबै शाखामा सुनचाँदीका गरगहनामा पनि विशेष छुट दिइने जनाइएको छ । हिराका गहना काठमाडौंमा बढी प्रचलनमा रहेकाले पोखरामा पनि उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरेको गभाजूले बताए ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width