पोखरा । म्याग्दीमा सोमबार साँझ बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत बेनी–६ गलेश्वर नजिकै ठूलोबौरमा साढे ५ बजे दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दुर्घटनामा बसचालक रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका ३० वर्षीय रमेश खड्का, सहचालक २८ वर्षीय धनकुमार बुढा, तिप्ल्याङका २८ वर्षीय रोशन पुर्जा र रघुगंगा गाउँपालिका–३, पिप्लेका २९ वर्षीय भूमिराज रानामगर घाइते भएका हुन् ।
घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । तीमध्ये रोशन गम्भीर घाइते छन् । चालक रमेश र भुमिराजको अवस्था मध्यम छ । सहचालक धनकुमारको स्वास्थ्य अवस्था सामान्य छ ।
बस सडक छेउमा ठोक्किएर सडकमै पल्टिएर दुर्घटना भएको हो ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१