कास्की मोर्डनाइज्डमा वक्तृत्वकला

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०८१
Kaski modernized

पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमीले कक्षा ११/१२ मा अध्ययन गर्ने विद्यार्थीबीच अन्तरसदनात्मक वक्तृवकला प्रतियोगिता आयोजना गरेको छ । नेपाली र अंग्रेजी दुवै माध्यममा भएको प्रतियोगितामा चार सदनबाट ३÷३ जना गरी कुल २४ जनाले भाग लिएका थिए ।

नेपाली भाषातर्फ रातो सदनबाट लविसा खड्का, सेतो सदनबाट प्रतीक्षा सार्की, हरियो सदनबाट सुविच्छा हिराचन क्रमशः प्रथम, द्वितीय र तृतीय भए । अंग्रेजीतर्फ रातो सदनबाट सोयल कुँवर, सेतोबाट एलिसा श्रेष्ठ र सेतो सदनबार्ट नै नलिना पुडासैनी क्रमशः प्रथम, द्वितीय र तृतीय भए । नेपालीतर्फ निर्णायकमा शिवलाल उपाध्याय र भवनी लम्साल तथा अंग्रेजीतर्फ बोधराज गौतम र इन्द्र भुषाल थिए ।

संस्थापक प्राचार्य रामबहादुर मोचीले संसारमा गोलीभन्दा मानिसको बोली शक्तिशाली हुने हुनाले यस्तो प्रतियोगिताबाट विद्यार्थीहरुले आफूभित्रको भाव र रागलाई बाहिर ल्याई नाम र दाम दुवै कमाउन सकिने कुरा बताए ।

अध्यक्षताको आसनबाट बोल्दै सहप्राचार्य तथा प्लस टु को–अर्डिनेटर शिवलाल उपाध्यायले विद्यार्थीले केवल पाठ्यपुस्तक पढ्नु मात्र सिक्नु नभइ यस्ता क्रियाकलापबाट वास्तविक जीवन सिकिने कुरा बताए ।
नेपाली भाषातर्फ शिक्षक निरोज केसी र अंग्रेजीतर्फ शैक्षिक प्रमुख शिबु ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width