पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम भएको छ । न्युरोडस्थित बैंक परिसरमा भएको कार्यक्रममा ४७ युनिट रगत संकलन भयो ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एलका गभर्नर सुमन भट्ट क्षत्रीले बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले रक्तदान सबैभन्दा ठूलो मानवीय कार्य रहेको भन्दै यसलाई निरन्तरता दिइँदैआएको बताए ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत ब्लड बैंक पोखरासँगको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।
बैंकका सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वाले वार्षिकोत्सव अवसरमा बैंकका विभिन्न शाखाहरुबाट सामाजिक कार्यहरु गरिएको जानकारी दिए । बागलुङ शाखाले मानव सेवा आश्रममा दान गरेको छ भने दलदले शाखाले विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । दमौली लगायका शाखाबाट सरसफाइका लागि डस्टबिन वितरण गरियो ।
यसैबीच, वार्षिकोत्सव अवसरमा बैंकले ‘ग्रिन समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बागलुङमा १२ वर्ष अगाडि खुलेको बैंकको मुख्य कार्यालय हाल पोखरा न्यूरोडमा छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकका १५ शाखा छन् ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१