प्रवचनसँगै स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०८१
health camp

पोखरा । श्रीकृष्ण प्रणामी मन्दिर, रत्नचोकमा जारी श्रीमद्वीतक चर्चा तथा श्रीकृष्ण प्रवचनबीच महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ । प्रयास नेपाल र लायन्स क्लब अफ पोखरा स्काइ टाउनको आयोजनामा भएको कार्यक्रममा ७५ जना महिलाको स्वास्थ्य परीक्षण भयो ।

कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले समयमै पाठेघरको मुखको क्यान्सरको जाँच गराउन सके क्यान्सरबाट बच्न सकिने बताए । पाठेघरको क्यान्सरको बारेमा अझै पनि समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताउँदै उनले आयोजित स्वास्थ्य शिविरले सकारात्मक सन्देश प्रवाह गरेको बताउ ।

प्रयास नेपाल अध्यक्ष शर्मिला भट्टराईले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गर्दै आइरहँदा पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनासँगै परीक्षण कार्यक्रमको आयोजना गरिएको प्रस्ट पारिन् ।

परीक्षणमार्फत पाठेघरमा क्यान्सर हँुदैछ भन्ने जानकारी पाइने भएकाले ३० देखि ६० वर्ष उमेर पुगेका महिलाहरुले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाका हरिराम पराजुलीले पछिल्लो समय खानपान र रहनसहनका कारण विभिन्न रोग लाग्ने गरेको बताए । महिलामा पनि त्यसैका कारण पाठेघरको क्यान्सर हुने गरेकाले त्यसतर्फ सचेतना फैयाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहनप्रसाद ढकालले श्रीकृष्ण प्रणामी सेवा समितिले रक्तदान, आँखा जाँच लगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आउँदा प्रयास नेपाल र लायन्स पोखरा स्काइ टाउन सहयोगमा उक्त कार्यक्रम गरेको बताए । आगामी दिनमा पनि प्रयास नेपालसँग सहकार्य गरेर स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गर्ने ढकालको भनाइ थियो ।

कार्यक्रममा मेडिसिन कोअर्डिनेटर नीलम महर्जन, सिनियर नर्सिङ अफिसर पुष्पा लक्ष्मी महर्जन लगायतले सहजीकरण गरेका थिए ।

प्रयास नेपालका कोषाध्यक्ष नीरु पराजुली, सहसचिव बुद्धिसागर सापकोटा, सदस्य दुुर्गा थपलिया, लायन्स पोखरा स्काइ टाउनका पूर्व अध्यक्ष मञ्जु पौडेल भट्टटराई, कोषाध्यक्ष मधु पन्थी लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले बताए ।

यही १० भदौसम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनको ३१ औं दिन शनिबारसम्म भक्तजनको आगमन उल्लेख्य छ । प्रवचन कार्यक्रममा युवा सन्तश्री तुलसी स्वरुप महाराज र उपवाचक विष्णु पहारीको प्रवचन र रोशन बन्जरा र सुजन बन्जराको भजन प्रस्तुतिमा भक्तजन आल्हादित हुने गरेका छन् ।

समापनमा श्रीकृष्णजन्माष्टमी पनि परेकोले श्रीकृष्ण प्रणामी युवा परिषद् आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना हुने श्रीकृष्ण प्रणामी सेवा समिति अध्यक्ष मोहनप्रसाद ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width