गैंडाकोट । लायन्स क्लब अफ चितवन वाङ्मयले गैंडाकोट ६ मा रहेको भाग्योदय प्राथमिक विद्यालयमा जगदीश–पार्वती स्मृति अक्षयकोष स्थापना गरेको छ ।
लायन्स क्लब अफ वाङ्मय चितवन अध्यक्ष सुजन अधिकारीले आफ्ना पिता जगदीश अधिकारी र माता पार्वती अधिकारीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा १ लाख ११ हजार एक सय रुपैयाँको रकम प्रदान गरेका छन् ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर पिएमएमजेएफ दीननाथ न्यौपानेले बाबुआमाको स्मृतिमा पवित्रस्थान विद्यालयमा अक्षयकोष स्थापना गरेर पुण्यको काम गरेकोमा अधिकारीलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्रथम भिडिजी एमजेएफ लायन नवराज सापकोटा, द्वितीय भिडिजी एमजेएफ लायन प्रभाकर पण्डित, गैंडाकोट ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा ६ का अध्यक्ष सुवास चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा, प्राचार्य डिल्लीप्रसाद अम्बै, व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरहरि सापकोटा शिक्षक अभिभावक संघ अध्यक्ष हिमलाल सापकोटा, लायन्स लिडर राजेन्द्र गौतम, कमलप्रसाद श्रेष्ठ, जगन्नाथ पुडासैनी, गोपालप्रसाद गौतम, पूरन थापामगर, गोविन्द अर्याल, देशबन्धु सिग्देल, हरिप्रिया रिजाल, प्रकाश सुवेदी, पुरुषोत्तम सापकोटा, क्लबका पूर्व अध्यक्षहरू ऋषिप्रसाद लामिछाने, सूर्यमणि शर्मा, मीरा तिमिल्सिना, रामहरि श्रेष्ठ क्लबका सेक्रेटरी बिदुर अधिकारी, ट्रेजर हिरामणि शर्मा, सल्लाहकार होमनाथ घिमिरेलगायत अधिकारीका परिवारका सदस्यको उपस्थिति थियो । २९ वर्षअघि सडक दुर्घटनामा मृत्यु भएका अधिकारी भाग्यदय प्राविका संस्थापक प्रअ थिए ।
लायन्स वाङ्मय चितवन अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सूर्यमणि रेग्मीले स्वागत र उपाध्यक्ष राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
माउन्ट अन्नपूर्णमा वक्तृत्वकला
hero news full width
मुख्य समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१