पोखरा । पर्यटनको रानधानी पोखराका रैथाने बजार सञ्चालनमा आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले शनिबारदेखि उक्त बजार सञ्चालनमा ल्याएको हो ।
चिप्लेढुंगा सिद्धार्थचोकस्थित श्री कम्प्लेक्स प्रालि साझेदारीमा पोखरा महानगरले सञ्चालनमा ल्याएको उक्त बजारले किसान तथा उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा छ ।
बजारको शनिबार शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरेली उत्पादनलाई सिधैँ उपभोक्तासम्म पुर्याउन बजार सफल हुने विश्वास व्यक्त गरे । उनले त्यसलाई क्रमशः कोसेली घरका रुपमा विकास गरिने स्पष्ट पार्दै उक्त कार्यमा भूमिका खेल्न पोखरा उद्योग वाणिज्य संघ तथा लेखनाथ उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराए ।
‘यहाँका मौलिक उत्पादन बजारसम्म सजिलै पुगुन् भन्ने महानगरको ध्येय हो,’ प्रमुख आचार्यले भने, ‘बजारसँग जोडिएर कारोबार गर्न महानगरका किसानलाई आग्रह गर्दछु ।’
गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त सचिव नीलकण्ठ पोखरेलले किसानको मेहनतको सम्मान गर्दै रैथाने बजार सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे । त्यसमार्फत सुपथ मूल्यमा स्वस्थ कृषि उत्पादन उपभोक्तासमक्ष पुग्ने अपेक्षा सुनाउँदै पोखरेलले बिचौलियालाई निरुत्साहित गर्नुपर्ने धारणा राखे ।
पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ‘रैथाने बजार’ स्थापना महानगरको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने प्रारम्भिक प्रयास भएको स्पष्ट पार्दै हरेक पोखरेली उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने जनाए ।
उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले श्री कम्प्लेक्समा सञ्चालनमा ल्याएको बजारको मेयर धनराज आचार्यले उद्घाटन गरे
कास्की पोखरा हस्तकला संघ उपाध्यक्ष सीता गुरुङले बजारलाई पोखरेली उपहार घरका रुपमा विकास गर्नुपर्ने भन्दै त्यसका लागि हस्तकला संघसँग समन्वय गर्न महानगरको ध्यानाकर्षण गराइन् ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठले बजार कृषि क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको जनाउँदै त्यसमार्फत अर्गानिक चिजवस्तुको बिक्री वितरण मात्रै हुनुपर्ने भनाइ राखे ।
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सरोकारवालाको सहयोगबाट रैथाने बजार निर्वाध रुपले संचालन हुने विश्वास जनाए ।
रैथाने बजारमा हाल पोखरेली जेठो बूढोको चामल, कोदोको रक्सी, बाद्यवादनका सामग्री, ठेकी, हलो, हस्तकलाका सामग्री, विभिन्न तरकारी, गड्यौला मल, अचार तथा अन्य परिकार, मह, झोला, आयुर्वेदिक औषधीलगायत सामग्री बिक्रीका लागि राखिएको छ । बजारबाट बिक्रीवितरण हुने सामग्री किसान स्वयंसँग तथा महानगरद्वारा सञ्चालित कृषि एम्बुलेन्समार्फत संकलन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
कृषिअन्तर्गत अघिल्लो वर्ष पोखरा महानगरपालिकाले खुदोको ब्राण्डिङ गरेको थियो । यस वर्ष पोखरेली जेठो बूढोको चामल ब्राण्डिङ गरेको छ भने मह र कफी ब्राण्डिङको तयारीमा जुटेको छ । त्यसका साथै सयपत्री फूलको समर्थन मूल्य तोक्ने प्रस्ताव पनि अघि सारेको कडरियाले बताए । पोखरा ८ का वडाध्यक्ष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रम व्यवसाय प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारीले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
एग्रो टुरिजम सहकारीले कोसेली घर बनाउने
कृषि हाट बजारले किसान र उपभोक्ता उत्साहित
२७ वर्षीय युवाको लोभलाग्दो नर्सरी
गड्यौंला पालेरै एउटै ब्याडबाट ३० हजार आम्दानी
पोखरामा तोकियो अनुदानको मलको मूल्य
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१