सर्वेश्वर–पराजुलीमार्गमा ‘दशैं उत्सव’

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०८१
sarbeshwor

पोखरा । सर्वेश्वर व्यवसायी समिति आयोजनामा पोखराको सर्वेश्वर–पराजुलीमार्गमा ‘दशैं उत्सव’ हुने भएको छ । पोखराको ‘सबैभन्दा सस्तो र ठूलो होलसेल बजार’ दाबी गर्ने सर्वेश्वर–पराजुलीमार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले दशैँसहित तिहार, नेपाल संवत्, छठलगायत पर्व अवसरमा ‘दशैं उत्सव’ गर्न लागेको जनाएको हो । समिति अध्यक्ष तुलबहादुर थापा (राजन) ले व्यवसायको ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रम गर्न लागिएको बताए ।

यसैबीच, समितिले शुक्रबार स्थानीय व्यवसायीसँग छलफल तथा अन्तरक्रियासमेत गरेको छ । छलफलमा सर्वेश्वर र पराजुलीमार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्र सजाइ झकीझकाउ बनाउने तथा झिलीमिली बत्ती बाल्ने तयारीमा जुटेको अध्यक्ष थापाले बताए । समितिले ग्राहकलाई बम्पर उपहार योजना सञ्चालन गर्ने भएको छ ।

अन्तक्र्रियामा समितिका निवर्तमान अध्यक्ष तथा बालकृष्ण भण्डारी, सल्लाहकार प्रेमप्रसाद सुवेदी, एकनारायण पनेरु, नरहरि अधिकारी, आजीवन सदस्य यादव पोखरेल, व्यवसायी नवराज त्रिपाठीलगायतले व्यापार प्रवद्र्धनका लागि गरिने कार्यक्रममा साथ र समर्थन रहने प्रतिबद्धता जनाए ।

समितिले यसअघि पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दाङ, रुपन्देही, स्याङ्जा पुगेर क्यालेन्डर वितरण तथा अन्तरक्रिया गरेर व्यापार प्रवद्र्धन गरेको जनाएको छ ।

चीन, भारत, थाइल्याण्डलगायत देशबाट सिधैँ सामान ल्याएर काठमाडौंभन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्ने व्यवसायीको दाबी छ । साथै, आफ्नै र स्वदेशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामान, काँचो कपडा, जुत्ताचप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समिति महासचिव विशाल अधिकारीले बताए ।

ग्राहकको सधैँजसो भिड लाग्ने यहाँ कास्कीसहित छिमेकी जिल्लाका खुद्रा व्यापारीसमेत सामान खरिद गर्न आउने गरेको वरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width