पोखरा । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीमा थोमप्रसाद अर्याल निर्वाचित भएका छन् ।
संघको शनिबार वार्षिक साधारण सभा एवं १२ औं अधिवेशनले पोखराको जरेवरस्थित सौगात सःमिल एण्ड फर्निचर उद्योगका सञ्चालक अर्यालको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । पाल्पा स्थायी घर भएका अर्याल संघमा यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामजी तिवारी, प्रथम उपाध्यक्ष बेलबहादुर नेपाली (रुद्र), द्वितीय उपाध्यक्ष योगा गौतम चौलागाई, तृतीय उपाध्यक्ष एकनारायण गौतम, महासचिव परमेश्वर दवाडी, सचिव रमेश विश्वकर्मा र कोषाध्यक्ष राजेन्द्र पण्डित छन् ।
एसोसिएट सदस्यमा प्रकाश बोगटी, सदस्यमा विष्णु केसी अधिकारी, होमबहादुर थापामगर, अमृतबहादुर कार्की, भेषराज बास्तोला, नवराज सुवेदी, अमृता कार्की लामिछाने, सुमनकुमार श्रेष्ठ छन् ।
क्षेत्रीय सदस्यमा कवीन्द्र पुन र विकास ओझा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ज्ञानबहादुर नेपालीले जनाए । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
साधारणसभाको प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । उनले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिए । ‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने ।
स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
‘हाम्रो उत्पादन हामी उपयोग गरौँ र हामीले वन ऐन नियमावली संशोधन गर्नुपर्ने विषयहरूलाई राम्रोसँग तपाईहरूले प्रष्ट पार्नुहोस्,’ उनले भने ।
धराशायी हुँदै गरेको व्यवसायको क्षेत्रमा नयाँ सरकारको गठन पश्चात सुधारका केही संकेत देखिन थालेको उनको दाबी थियो । नेप्सेमा भएको वृद्धि त्यसको एउटा उदाहरण भएको बताएका उनले निष्कृय पैसालाई सक्रिय बनाउनुपर्ने बताए । फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर बनाउनको लागि उनले व्यवसायीसँग आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१