कृति नछापिनु समाजलाई ठूलो नोक्सान: मुकुन्दशरण उपाध्याय

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०८१
madhav biyogi

पोखरा । सुप्रसिद्ध कवि एवं भाषाविद् मुकुन्दशरण उपाध्यायले साहित्यकारले तयार गरेका कृति प्रकाशित नहुँदा समाजलाई ठूलो नोक्सान पुग्ने बताएका छन् ।

उनले भने, ‘कृति अध्ययनबाट लाभ प्राप्त हुन्थ्यो, त्यसबाट वञ्चित हुनु समाजका लागि ठूलो नोक्सानी हो ।’

छन्दनायक माधव वियोगीको कवितात्मक कथा संग्रह ‘फेवामा तैरिएको सिन्दूर’ को लोकार्पण गर्दै प्रमुख अतिथि उपाध्यायले निरन्तर क्रियाशील रहेर कृति प्रकाशमा ल्याइरहनु कवि वियोगीको प्रेरणादायी कार्य भएको उल्लेख गरे ।

कृति समीक्षा गर्दै डा. जगन्नाथ रेग्मीले नेपालीमा गद्यमा लेखिने कथा विधालाई छन्दमा लेखेर वियोगीले नवीन प्रयोग गरेको बताए ।

प्राडा कुुसुमाकर न्यौपानेले सर्जकले कलम चलाउँदा देशमा हलचल ल्याउन सक्नुपर्ने धारणा राखे ।

कृतिकार वियोगीले एक सातामै उक्त कृति तयार पारेको बताए । उनले विचार फु¥यो भने पुस्तक लेख्न समय नलाग्ने धारणा राखे । ‘फेवामा तैरिएको सिन्दूर’ मा विभिन्न छन्दमा लेखिएका ५ कथा संग्रहित छन् ।

त्यस अवसरमा जिज्ञासु सापकोटा, शुभ शर्मा, अव्यग्र अस्मित, आर्या त्रिपाठी र तारानाथ पराजुलीले लोकार्पित कृतिभित्रको कथा लयबद्धरुपमा वाचन गरे ।

माधव वियोगी वाङ्मय प्रतिष्ठान अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत तथा सहसचिव शिव त्रिपाठीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width