पोखरा, ८ भदौ । पोखरा । पोखरामा आयोजित तायमचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् ।
गाईजात्रा पर्व अवसरमा नेवाः खलः कास्कीको आह्वानमा पोखरामा बर्सेनि हुँदै आएको तायमचा नृत्य प्रतियोगिता शनिबार नयाँबजारमा सम्पन्न भएको हो । नयाँबजार सांस्कृतिक समिति आयोजनामा भएको प्रतियोगितामा पुरुष १९ र महिला ९ टिम गरी २८ टिमले भाग लिएका थिए ।
समिति अध्यक्ष योगेन्द्रमान बाटाजुका अनुसार पुरुषतर्फ रानीपौवा ताया मचा नाच समिति दोस्रो, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तेस्रो र गैह्रापाटन नेवाः समाज सान्त्वना भए । महिलातर्फ समाज कल्याण नेवाः खल, राजाको चौतारो दोस्रो र रुपा देउराली नेवाः खल, रुपा गाउँपालिका तेस्रो भए ।
पुरुषतर्फ विजेतालाई ३ लाख, द्वितीयलाई २ लाख, तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ प्रदान गरियो । महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरियोे । पुरस्कारका लागि हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनको छोराहरु पोखरा ३ निवासी रामकाजी, रवीन्द्र, शंकर र कवीन्द्र श्रेष्ठ परिवारले प्रायोजन गरेको थियो ।
शनिबार बिहान प्रतियोगिता उद्घाटन गर्र्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संस्कृति पुस्तान्तरण र हस्तान्तर हुनु जरुरी रहेको बताए । यदि यसो नभए हाम्रा संस्कृति एकादेशको कथामा सीमित हुने उनको भनाइ थियो । ‘योखालको विशेष पर्वहरुको आयोजना गरेर संस्कृति जोगाउनुपर्छ भनेर मेला महोत्सव हुँदै आएका छन्,’ उनले भने, ‘चाहे भैरव नृत्य, बाघ जात्रा, ताया मचाः अनि लाखे नाचसँगै अरु जातजातिसँग सम्बन्धित नाचहरुलाई विभिन्न सांस्कृतिक पर्वका रुपमा गरिएको छ र गरिरहनुपर्छ ।’ महानगरले यसलाई नियमित गराउनका लागि हरेक वर्ष रातो किताबमै उल्लेख गरेर ५ लाख रुपैयाँ विनियोजन गर्दै आएको उनले बताए ।
पोखरा नेचर, कल्चर र एड्भेञ्चरको शहर भएकाले यहाँको मौलिक भाषा, साहित्य, संस्कृति जगेर्ना गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाए । ‘मौलिक भाषा, साहित्य, संस्कृति पुर्खाको हजारौं वर्ष लामो त्याग तपस्या र मेहनतले बनेको छ,’ उनले भने, ‘यसलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा हाम्रो हेलचक्र्याइँ भइरहेको छ । महानगर सहकार्यमा सधैं तयार छ ।’
प्रतियोगिता सम्पादन समिति मूल संयोजक शम्भुलाल श्रेष्ठले पुर्खाले प्रचलनमा ल्याएको यस्ता सांस्कृतिक पर्वले सामाजिक सद्भाव, माया, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेर समाजलाई एकसूत्रमा बाँध्ने काम गरेको बताए ।
तायाः मचा संस्कृतिको संरक्षण, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट पर्यटक आकर्षण गर्नु प्रतियोगिताको मूल उद्देश्य रहेको आयोजकले जनायो।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१