पोखरा । नेपाल रेडक्रस सोसाइटी, पोखरा–१९ उपशाखाको आयोजना तथा नेलम्बो नेपालको प्राविधिक सहयोगमा भारती भवन मावि, पुरुन्चौरमा निःशुल्क दन्त शिविर भएको छ । शिविरमा ४ सय ८१ जनाको दाँत परीक्षण गरिएको छ ।
२ चरण गरी ८ दिनसम्म भएको शिविरमा वडा कार्यालय, विद्यालय तथा नेपाल रेडक्रस सोसाइटी जिल्लाको सहकार्य रहेको थियो ।
बिहीबार शिविर समापन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शिविर फलदायी भएको बताए । उनले नेलम्बोले विशिष्ट मानव कल्याणकारी सेवा गरिरहेको जनाए । महानगर भएर पनि पोखरा १९ को अधिकांश भूगोल ग्रामीण रहेको भन्दै उनले आगामी दिनमा नेलम्बोसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । उनले अब वडामा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम गर्नुपर्ने औंल्याए ।
नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले शिक्षा क्षेत्रका सरोकार लक्षित गरी शिविर संचालन गरिएको स्पष्ट पार्दै रेडक्रससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले त्यहाँ ११ लाख ७६ हजार ७ सय रकम बराबरको निःशुल्क सेवा उपलब्ध गराइएको जानकारी दिँदै उपचार गरेको दाँतमा समस्या देखिएमा कार्यालयमा सम्पर्क गरी उपचार गर्न आग्रह गरे ।
उपशाखा सभापति नवराज पौडेलले नेलम्बोले उत्कृष्ट सेवा प्रदान गरेको जनाउँदै अति आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेकोमा खुशी व्यक्त गरे ।
विद्यालय अध्यक्ष विष्णुप्रसाद अधिकारीले रोगको पहिचानदेखि निदानसम्मका गतिविधि शिविरमा भएको धारणा राखे । आफू नेतृत्वको विद्यालयलाई छनोट गरी सेवा दिएकोमा अधिकारीले आयोजक रेडक्रस उपशाखा तथा नेलम्बोप्रति आभार प्रकट गरे ।
प्रधानाध्यापक नेत्रबहादुर आलेले सेवा नै धर्म भावनाका साथ समयमा खटिएर उपचार प्रदान गरिएको बताए ।
डा. दीक्षा क्षत्रीको नेतृत्वमा ८ स्वास्थ्यकर्मीको टोली खटिएको थियो । शिविरअन्तर्गत कान सुरक्षाबारे पनि सचेतना दिइएको उपशाखाका सल्लाहकार सविन जिसीले जानकारी दिए ।
विद्यालय अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको समापन समारोहमा प्रधानाध्यापक आलेले स्वागत, कार्यक्रम संयोजक उपशाखाका सहसचिव माधवप्रसाद गौतमले धन्यवाद ज्ञापन र जुनियर रेडक्रस सर्ककका शिक्षक नायक वासुदेव तिवारी र उपशाखा सदस्य रमेश विकले कार्यक्रम संचालन गरे ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१