पोखरामा डेंगु खोज र नष्ट अभियान

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०८१
dengue

पोखरा । पोखरामा डेंगु संक्रमण बढ्दै गएपछि डेंगु रोग संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना अभियान सुरु भएको छ ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र नेरेसो कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा उक्त अभियान सुरु भएको हो । टोलीले पोखरा वडा ५ र ८ मा दुवै वडाका संवेदनशील स्थानमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुणकुमार शर्माले बताए ।

बिहान ७ देखि १० बजेसम्म भएको डेंगु नष्ट अभियानमा पोखरा वडा ५ र ८ का वडाध्यक्षहरु, सशस्त्र प्रहरी, नागरिक समाज, मानवअधिकारकर्मी लगायत स्थानीयको सहभागिता थियो । वडा ८ मा ५० जना र वडा ५ मा ७० जना गरी कुल १ सय २० जना सशस्त्र प्रहरी परिचालित भएको कालिका गणका गणपति एसपी शर्माले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार ५ भदौसम्म कास्कीमा कुल ९ सय ७९ जनामा डेंगु संक्रमण देखिएको छ । तीमध्ये २ जनाको मृत्युसमेत भइसकेको छ ।

पोखरामा विभिन्न ३३ वटा वडामध्ये सबैभन्दा धेरै संक्रमित भएको वडामा क्रमशः वडा ८, वडा ५, वडा ७ र वडा १७ हुन् । वडा ८ मा १ सय ५७ जना, वडा ५ मा ८६ जना र वडा ७ मा ३७ जना र वडा १७ मा ३५ जना संक्रमित भएको पाइएको छ ।

महानगरका ‘कोर एरिया’ रुपमा रहेका वडा ८ र ५ मा वर्कशप, ग्यारेज, कवाडी डिपो र जनसंख्या समेत धेरै भएको कारणले अन्य वडा तुलनामा डेंगु बढी फैलिएको सम्बन्धित वडाध्यक्षहरु बताउँछन् ।

उता, कास्कीको छिमेकी जिल्ला तनहुँमा समेत डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हालैको एक तथ्यांक अनुसार नेपालका ७७ मध्ये सबैभन्दा बढी डेंगु संक्रमण भेटिएको जिल्ला तनहुँ हो । गत १ भदौमा १ हजार ८२ जनामा संक्रमण देखिएकामा अहिले १ हजार ३ सय २३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

६ दिनै २ सय ४१ नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । उनका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी ९ सय ८८ जनामा संक्रमण देखिएको छ ।

शुक्लागण्डकीमा १ सय ४९, व्यासमा ९८, बन्दीपुरमा ७१, म्याग्देमा ७, भीमाद र भानुमा ५÷५ जनामा डेंगु पुष्टि भएको छ । १० पालिका रहेको जिल्लामा ७ पालिकामा डेंगु सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले बताए । ऋषिङ, घिरिङ र देवघाटमा हालसम्म संक्रमितको संख्या शून्य छ ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width