प्राध्यापकलाई पेसागत तालिम

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०८१
professor

पोखरा । त्रिवि शिक्षाशास्त्र संकाय आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सहयोगमा प्राध्यापकहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रम तेस्रो कोहर्ट अन्तर्गत कास्कीमा शुभारम्भ भयो ।

४० घण्टा प्रत्यक्ष र ३५ घण्टा अनलाइन गरी ७५ घण्टामा सम्पन्न हुने कार्यक्रम नेपालका विभिन्न ५ स्थानमा सञ्चालन हुनेछन् । तेस्रो कोहर्टअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित हिमालयन देउराली रिसोर्टमा आवासीयरुपमा सञ्चालित कार्यक्रममा आंगीक र सामुदायिक १० क्याम्पसका ३० जना प्राध्यापक सहभागी छन् ।

शिक्षाशास्त्र संकायका सहायक डिन डा. विष्णु खनालको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्याय, पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख गजेन्द्र च्वाईँ, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए । पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक यादवराज अधिकारीले स्वागत मन्तव्य र सहजकर्ता पर्शुराम उपाध्यायले कार्यक्रम सञ्चालन गरे ।

देशका लागि आवश्यक शैक्षिक जनशक्ति तयार पार्ने उद्देश्यले २६ वटा आंगीक र ५ सय ६० वटा सम्बन्धप्राप्त गरी ५ सय ८६ वटा क्याम्पस सञ्चालित रहेको कृष्णप्रसाद त्रिपाठीले बताए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width