पोखरा, ७ भदौ । पोखरामा शुक्रबार फेवातालमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका २, थापाठाना घर भइ हाल पोखरा ७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव हुन् ।
बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी डेराकोठाबाट निस्केका उनी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो । घरपरिवारले पनि प्रहरीलाई खबर गर्नुका साथै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सबैसँग अपील गरेका थिए ।
साथीहरुसँग बुझ्दा ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी शुक्रबार दिउँसो ३ बजे गराएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट समेत संयुक्त रेस्क्यु टोली उद्धारमा खटिएकोमा दिउँसो ४ बजेर ३० मिनेटमा डुबेको अवस्थामा उनलाई फेला पारेको थियो । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले ततकालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१