पाठेघरको मुखको क्यान्सर परीक्षण

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०८१
Machhapuchhre

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर खोज्दै युवतीको स्वास्थ्य परीक्षण गराएको छ । विभिन्न चरणमा किशोरीहरुको चेकजाँच गरी एचपिभी डिएनए गरिएको हो । यसअघि २४ देखि २७ जेठसम्म सबै वडामा एचपिभी परीक्षण गरिएको थियो ।

सुरुमा ४ सय जना महिलाहरुलाई परामर्श गरेर डिएनए लिइएको थियो । १७ असारमा ल्याब टेष्टबाट ८२ जनामा एचपिभी पोजिटिभ रिपोर्ट आएको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । उनका अनुसार पोजिटिभ देखिएकालाई थप उपचार र परामर्शका लागि मंगलबार र बुधबार एचपिभी संक्रमण देखिएका ७७ जनालाई भिआइएसहित थर्मो कोगुलेटर विधिबाट परीक्षण गरिएको छ ।

१० जनालाई लिप परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने अवस्था आएको अधिकारीले बताइन् । ‘पालिकाको हाम्रो टिम महिलाको स्वास्थ्यमा सुधार र घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गर्ने अभियानमा छौं,’ उनले भनिन्, ‘त्यसमा नागरिकहरुले पनि साथ र सहयोग दिनुपर्छ ।’

पालिका अध्यक्ष मीनबहादुर गुरुङले एचपिभी परीक्षणबाट जोखिममा रहेका महिला र किशोरीको स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र तत्कालै उपचारमा सहयोग पुग्ने बताए । ‘उनीहरुको उपचारका लागि काठमाडौं जाने र फर्किनेसहित र उपचारको समेत खर्च पालिकाले व्यहोर्ने छ,’ उनले भने ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ सरिता घिमिरेले महिलालाई रोग निदान र उपचारमा निशुल्क सहयोग प्राप्त भएकोले पालिकालाई धन्यवाद दिइन् । माछापुच्छ«ेले विभिन्न समयमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width