डेंगु संक्रमित बढेपछि ‘डेंगु सर्च एण्ड डिस्ट्रोय’ अभियान

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०८१
dengue mosquito

पोखरा, ५ भदौ । पोखरामा डेंगु संक्रमण भयावह बन्दै गएपछि लामखुट्टे मार्ने अभियान संचालन गरिने भएको छ । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले सरोकारवाला निकायको सहभागितामा ७ भदौमा ‘डेंगु सर्च एण्ड डिस्ट्रोय’ अभियान संचालन भएको हो ।

गणका अनुसार उक्त कार्य पहिलो चरणमा पोखरा वडा ५ र ८ का विभिन्न टोलमा संचालन गरिने छ । उक्त दिन बिहान ७ देखि साढे ९ बजेसम्म उक्त कार्य गरिने भएकोले सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि गणले आग्रह गरेको छ ।

एक तथ्यांक अनुसार कास्कीमा हालसम्म ९ सय ३५ जना डुंगु संक्रमित भएको पाइएको छ । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।

पोखराका ३३ वटा वडाहरुमध्ये सबैभन्दा बढी वडा ८ मा डेंगु संक्रमित छन् । वडा ८ मा १ सय ३१, वडा ५ मा १ सय २१ र वडा १७ मा ३३ जना संक्रमित फेला परेको गणले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width