पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट पौने ४ लाख रुपैयाँ बचत भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा गत वर्ष फागुनमा भएको म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीबाट ७५ लाख २४ हजार ७ सय १७ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाई ३ लाख ७२ हजार ५ सय ७८ रुपैयाँ रकम बचत भएको बुधबार पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । उनका अनुसार अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै ३ लाख ३० हजार ८१ रुपैयाँ जम्मा भएको थियो भने विभिन्न सहयोगीदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
बचत रकम खेलाडी उत्पादनमा लगानी गरिने उनले बताए । ‘हाम्रो कार्यालय सञ्चालन गर्नेदेखि अन्य प्रशासनिक खर्च पनि धेरै छन्,’ उनले भने, ‘त्यो खर्च हामीले उठाएर भए पनि चलाउला भनेर प्रतियोगिताबाट बचत रकम खेलकुदको विकासका निम्ति खर्च गरिनेछ ।’ प्रविधिमा जोड दिएकाले बचत रकम भने जस्तो हुन नपाएको उनले सुनाए ।
मञ्चले १९ औं संस्करणको म्याराथन आगामी ३ फागुनमा आयोजना गर्ने भएको छ । यसपालि १ २१ किमीतर्फ पुरुषको विधा थप गर्ने निर्णय गरेको जनाएको छ । जसअनुसार आगामी संस्करणमा १३ इभेन्टमा म्याराथन हुनेछ ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१