पाल्पा । बिहीबार बगनासकाली गाउँपालिका सभाहलमा कृषि औंजारलाई बढावा दिइएको अनौठो दृश्य देखियो । परम्परागत रूपमा प्रयोग हुँदै आएको बगनासे साँचोलाई औपचारिक रूपमा सार्वजनिक गरी सहभागी सबै पाहुनालाई साँचो नै कोसेली दिएर पठाइयो । गाउँपालिकाको दलित समन्वय समितिले यो सबै कामको चाँजोपाँजो मिलाएको हो ।
पालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले परम्परागत रुपमा प्रयोग हुँदै आएको साँचोको थप प्रचार, प्रयोगसँगै गाउँपालिकाको पहिचान बढाउन पालिकाभित्रका सबै कार्यालयमा बगनासे साँचोको प्रयोग गर्ने तयारीमा रहेको बताइन् । ‘स्थानीय तहमा सीप जानेकोलाई आर्थिक उपार्जन हुने, गाउँपालिकाको पहिचान बढ्ने भएकोले साँचोको बजार व्यवस्थापनका लागि सघाउने छौं, चिदीले भनिन्, ‘निर्माणकर्ता वृद्धि गर्ने र प्रयोगकर्ता बढाउन पालिकाले सम्झनाको चिनो स्वरूप पाहुनालाई कोसेलीमा बगनासे साँचो दिने गरी कार्यक्रम अगाडि बढाएका छौं ।’ उनले बनेको साँचो सहिरूपमा प्रयोग गर्न र प्रचारप्रसारमा सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरिन् ।
गाउँपालिस्तरीय दलित समन्वय समिति अध्यक्ष तेजप्रसाद रसाइलीले २ लाख बजेटबाट २ सय २२ प्रति साँचो निर्माण गरिएको बताए । प्रतिसाँचो ८ सय ५० का दरले विश्वकर्मा कृषि औंजार तथा मेटल उद्योगबाट साँचो निर्माण गरी समन्वय समितिमार्फत् प्रचारप्रसार गरिएको रसालीले बताए । गाउँपालिकालाई साँचोबाट पहिचान दिने गरी पालिकामा आउने मुख्य पाहुनालाई मायाको चिनोस्वरुप साँचो दिइनेछ ।
पाल्पाको बगनासकाली गाउँपालिकामा २ लाख बजेटबाट २२२ प्रति साँचो निर्माण
बगनासकाली वडा १, चिलाङ्दी चोकनेर विश्वकर्मा कृषि औंजार तथा मेटल उद्योग दर्ता गरी उनका दाजु र बाबुसहित ३ जनाले बगनासे साँचोमा सम्भावना देखेका हुन् । कृषि उद्योगका सञ्चालक खुमबहादुर विश्वकर्माका छोरा भोजराजले आफ्ना बाबुले सुरु गरेको पेसालाई निरन्तरता दिन आफू २ छोराहरु सक्षम भएको दृढता व्यक्त गरे । ‘हामी विदेश कतै नगई बा, छोरा तीनै जना यसैमा सम्भावना खोज्दैछौं,’ भोजराजले अगाडि भने, ‘सीप सिकेकाले उत्पादनमा समस्या छैन, बरु पालिकाले बजार व्यवस्थापनमा सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।’
बगनासे साँचो लामो समयसम्म टिकाउ हुने, खोलेर बनाउन मिल्ने र सम्पत्ति सुरक्षा गर्ने बलियो साँचो भएकोले यसले बजार पाउनेमा आफूहरू आशावादी भएको उनको भनाइ छ । बगनासे साँचो सुरुसुरुमा चाँपीभित्रको स्प्रिङले गर्दा केही कसिलो भए पनि प्रयोग गर्दै जाँदा सजिलो र खिया कम लागि बलियो हुँदै जाने मेटल उद्योगका सञ्चालक विकले बताए ।
कार्यक्रममा पत्रकार मिलन विक, जिल्ला समन्वय समिति प्रतिनिधि सीता विक लगायतले बगनासे साँचोको पहिलेदेखि नै चर्चा भए पनि गाउँपालिकाले औपचारिक कार्यक्रमसहित प्रचारप्रसार गर्नुले यहाँको पहिचान बढ्ने बताए ।
गाउँपालिकाका अध्यक्ष चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक महिला विकास निरीक्षक धनकुमारी रानाको गरेकी थिइन् । कार्यक्रममा सहभागी जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न विषयगत शाखा प्रमुखलाई मायाको चिनोस्वरुप उक्त साँचो हस्तान्तरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पर्यटकीय याममा पोखराको तयारी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
पर्यटक तान्न टेवानकाे ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
भाद्र ३१, २०८१पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१