११ मगर सुन्दरी तालिममा व्यस्त

आदर्श समाज सम्वाददाता
श्रावण ३२, २०८१
Miss magar

पोखरा । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को फाइनल चरणका लागि छानिएका ११ जना प्रतिस्पर्धी उपाधि दौडमा छन् ।

एसटी क्रियसन म्यानेज्मेन्ट प्रालि आयोजनामा आगामी २२ भदौमा पोखरामा हुने ग्रान्ड फिनालेका निम्ति २० जनाबाट छानिएका ११ प्रतिस्पर्धी यतिखेर विभिन्न तालिममा व्यस्त छन् ।

उनीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुबारे प्रशिक्षण भइरहेको टिम संयोजक प्रियन्का गर्बुजा मगरले बताइन् । उनीहरुलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् । मातृभाषाको तालिमसँगै नेतृत्व विकास भेषभूषा, कला र संस्कृति लगायतका विभिन्न तालिमसमेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।

तालिममा सहभागी दीपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर (बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी राजकोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) ले आफ्नो कला संस्कृति बुझ्न पाउँदा दंग छन् ।
यसैबीच, प्रतियोगिताको शीर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्नेबारे सम्झौता भएको छ ।

बिहीबार सम्झौतापत्रमा कम्पनीका तर्फबाट निर्देशक वीरबहादुर राना (वीरेन्द्र) र आयोजक एसटी क्रियसन म्यानेज्मेन्ट प्रालिका तर्फबाट मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले हस्ताक्षर गरे ।

गत वर्ष छैटौं संस्करणको मिस मगर नेपाल तनहुँकी २० वर्षीया विनु रानामगर भएकी थिइन् । उनले उपाधिसहित नगद ७० हजार रुपैयाँ साथमा विभिन्न गिफ्ट ह्याम्पर पाएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • ६ वर्षपछि मिस पोखरा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा जेसीज आयोजनामा ११ औं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । सन् २०१८ पछि…
  • रेन इन्टरटेनमेन्टको छैटौं सिजन

    आदर्श समाज सम्वाददाता भाद्र ६, २०८१
    पोखरा । पोखरामा रेन इन्टरटेनमेन्ट (पानीमा रमाइलो) को छैटौं संस्करण शुक्रबार र शनिबार हुने भएको छ । युवावर्गलाई मनोरञ्जन दिने…
  • राष्ट्रिय भेलामा जुट्दै नृत्य निर्देशक संघ

    आदर्श समाज सम्वाददाता भाद्र ५, २०८१
    पोखरा । नृत्य निर्देशक संघ नेपालको आगामी पुस अन्तिम साता राष्ट्रिय भेला–२०८१ हुने भएको छ । तयारीका लागि पोखरामा संघका…
  • ‘मगर ढुट पाहामनले’ मिस मगर

    धनबहादुर गुरुङ भाद्र ३, २०८१
    पोखरा । ‘झोर्ले, जेदो, सिमिङ्गेपाउ (नमस्कार) । ङौ आर्मिन जानकी रास्कोटी मगर आले । ङौ ईम महोत्तरी आले । ङा…
  • चलचित्र पत्रकार संघ कास्कीको २१ औं स्थापना दिवस

    आदर्श समाज सम्वाददाता असार २३, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको…

hero news full width