सिआइडी भन्दै दुख दिने फन्दामा

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०८१
CID

पोखरा । प्रहरीको सिआईडी हुँ भनी सर्वसाधारणलाई दुखहैरानी दिएको अभियोगमा २ जना युवक फन्दामा परेका छन् । उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १७, छोरेपाटन बस्ने ३२ वर्षीय सन्दीप श्रेष्ठ र सोही ठाउँ निवासी २६ वर्षीय सरोज थापा हुन् ।

गत २७ साउन दिउँसो साढे ३ बजे पोखरा २, बागलुङ बसपार्कस्थित सार्वजनिक स्थानमा २ जना मानिसले हामी सादा पोशाकका प्रहरी (सिआइडी) हुँ भनै सर्वसाधारण नागरिकलाई दुखहैरानी दिँदैै शरीरको खानतलासी गर्नै र पैसा असुल गरेको अभियोग छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी वसन्तकुमार शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width