गड्यौंला पालेरै एउटै ब्याडबाट ३० हजार आम्दानी

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०८१
aananda nabalpur

नवलपुर । नवलपुरको गैँडाकोटमा एउटा किसानले गड्यौला खेती गरेर एउटै ब्याडबाट दुई महिनामा ३० हजार रुपैयाँ आम्दानी गर्दैै आएका छन् । गैँडाकोट–५ का कृषक गोपिचन्द्र रिमालले एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याडमा गड्यौला पालन गरेका छन् ।

एउटा ब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङ प्लाष्टिकसहित करिब १५ हजार रुपैयाँ लागनी हुने भन्दै ब्याडबाट दुई महिनाभित्र करिब १२ क्विन्टल मल उत्पादन हुँदै आएको रिमालले बताए । रिमालकाअनुसार उनले प्रतिकिलो २५ रुपैयाँमा गड्यौले मल बिक्री गर्दै आएका छन् । “मैले दुई किलो र पाँच किलोको प्याकेट बनाएर प्रतिकिलो २५ रुपैयाँको दरले मल बिक्री गर्दै आएको छु,’ रिमालले भने, ‘त्यो बाहेक खुला मलसमेत २५ किलो र ५० किलोको बोरामा राखेर केही सस्तोमा बिक्री गर्दै आएको छु ।’

उनले गैँडाकोटमा उत्पादन गरेको गड्यौले मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही मल गोरखा, चितवनलगायतका जिल्लामा समेत बिक्री गर्दै आएको जानकारी दिए । उत्पादन भएको एक वर्षसम्म गड्यौंले मलमा विभिन्न १६ प्रकारका तत्वहरु रहने भन्दै उनले कृषकले एक वर्षसम्म मल प्रयोग गर्न सक्ने बताए । ‘किसानहरुले गड्यौले मल खासै नखोजेका कारण म आफंै गाडीमा मल राखेर पसलहरुमा पु¥याउँदै हिँडेको छु,’ उनले भने, ‘गड्यौलापलन खेतीबाट सन्तुष्टि मिलेको छ, खेतबारीमा रमाउन पाएको छु ।’

गड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै रिमालले मनसुन सकिएपछि टनेल बाहिरसमेत गड्यौलापालन गर्ने सोचमा रहेको जानकारी दिए । ‘अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ,’ उनले भने, ‘उत्पादित मल प्याकिङ गरेपछि आफैले गाडीमा राखेर बिक्रीका लागि बजारमा जाने गरेको छु ।’ गाईको मल ल्याएर राखेको ६ दिनमा मललाई चिसो बनाइसकेपछि ब्याडमा राखेर त्यसमाथि गड्यौला राख्ने उनले बताए ।

‘बाहिर चिसो बनाएको मल ब्याडमा प्लाष्टिक राखेपछि त्यसमाथि मल मिलाएर राख्नुपर्छ,’ उनले भने, ‘मल राखेपछि माथिबाट गड्यौला राखेर जुटको बोराले छोपेर बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।’ ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न सुरु गरिने उल्लेख गर्दै रिमालले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्रीका लागि तयार पारिने जानकारी दिए । ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको उनले बताए ।

पोखराबाट ल्याएको तीन किलो गड्यौलाबाट व्यवसायिक रुपमा गड्यौलापालन सुरु गरेको स्मरण गर्दै रिमालले आफूले तालिम बिना नै गड्यौला पान सुरु गरेको बताए । तीन वर्ष अगाडि गड्यौलापालन सुरु गरेको भन्दै रिमालले त्यस बेला आफूले प्रति किलो दुई हजार पाँच सय रुपैयाँको दरले गड्यौला ल्याएको बताए । अहिले गड्यौलापालन गर्न इच्छुक कृषकका लागि आफूहरु प्रतिकिलो एक हजार पाँच सयमै गड्यौला दिने भन्दै उनले गड्यौलापालनबारे तालिम समेत निःशुल्क प्रदान गर्दै आएको बताए ।

आफूले तयार पारेको गड्यौले मलको प्रयोगशाला परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ वटा तत्वहरु भएको प्रमाणित भएपछि बजारमा पठाउन सुरु गरेको उनले बताए । यहाँका कृषक तथा संघसंस्थालाई गड्यौले मलबारे प्रशिक्षण दिँदै यहाँको गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायतका स्थानमा गड्यौलापालनमा उत्प्रेरणा दिँदै गड्यौलासमेत दिएको उनले बताए । गोबरबाट मात्रै नभइ भान्साबाट निस्कने कुहिने फोहोरबाटसमेत गड्यौले मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहोर उत्सर्जनमा समेत कमी आउने बताए ।

Related News

सम्बन्धित समाचार

  • एग्रो टुरिजम सहकारीले कोसेली घर बनाउने

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । पोखराको एग्रो टुरिजम सहकारी संस्थाले कोसेली घर तथा नमुना सहकारी ग्राम खोल्ने भएको छ । ग्रामीण भेगका कृषिजन्य…
  • कृषि हाट बजारले किसान र उपभोक्ता उत्साहित

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    लमजुङ । सुन्दरबजारमा सञ्चालित कृषि हाट बजारका कारण किसान र उपभोक्ता उत्साहित भएका छन् । सुन्दरबजार हाट बजार व्यवस्थापन समितिको…
  • २७ वर्षीय युवाको लोभलाग्दो नर्सरी

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    वालिङ । गल्याङ २, रैबारका एक युवाले विभिन्न प्रजातिका बेर्ना/बिरुवा बिक्री गरेर १० लाख बढी आम्दानी गरेका छन् । २७…
  • रैथाने बजारले उत्पादनमा प्रोत्साहन

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । पर्यटनको रानधानी पोखराका रैथाने बजार सञ्चालनमा आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले शनिबारदेखि…
  • पोखरामा तोकियो अनुदानको मलको मूल्य

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०८१
    पोखरा, १८ साउन । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको…

hero news full width

Recent Posts

भर्खरै