गौरीशंकर क्याम्पसमा बधाई

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०८१
Gauri shankar

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजाबाट कक्षा १२ अध्ययन गरी उत्तीर्ण विद्यार्थीलाई एक कार्यक्रम गरी बधाई दिइएको छ ।

क्याम्पस संचालक समितिका ज्येष्ठ सदस्य दानबहादुर थापाले कार्यक्रमसँगै विद्यार्थीमा हौसला बढ्ने विश्वास व्यक्त गर्दै विद्यार्थी लगनशील, अनुशासित भएमा शैक्षिक प्रगति उल्लेख हुने बताए ।

क्याम्पस संचालक समिति सदस्य कृष्णबहादुर कुँवरले अन्य शैक्षिक संस्थाको तुलनामा गौरीशंकरको शैक्षिक प्रगति प्रशंसनीय रहेको दाबी गर्दै सबै मिलेर क्याम्पसको श्रीबृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

संचालक समिति सदस्य कृष्णकुमारी दवाडीले विद्यार्थीको आर्थिक समस्या समाधान गर्न आफूले सहयोग जुटाएको स्मरण गर्दै विद्यार्थीको प्रगतिमा आफू सदा सहयोगी बन्ने प्रतिबद्धता जनाइन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल तथा पूर्व क्याम्पस प्रमुख युवराज दवाडीले क्याम्पसको शैक्षिक प्रगतिको जानकारी गराउँदै स्नातक तहमा विद्यार्थी भर्नादर बढाउन क्याम्पस क्रियाशील रहेको बताए ।

कक्षा १२ उत्तीर्ण मोनिता श्रीपालीले प्राध्यापकको अध्यापन शैली प्रशंसनीय रहेको बताउँदै स्नातक तह गौरीशंकर क्याम्पसमै अध्ययन गर्ने प्रतिबद्धता जनाइन् ।

अर्की विद्यार्थी अस्मिता केसीले शैक्षिक दृष्टिले क्याम्पस सबल भएको धारणा राख्दै विद्यार्थीको प्रगतिमा क्याम्पस प्रशासन तथा प्राध्यापकको भूमिका अतुलनीय रहेको स्मरण गरिन् ।

स्नातक तहका विद्यार्थी सुगम ढुंगाना तथा तिर्सना घर्तीमगरले क्याम्पसमा संचालित कार्यक्रमबाट विद्यार्थी लाभान्वित भइरहेको धारणा राखे । क्याम्पस संचालक समिति ज्येष्ठ सदस्य थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख पौडेलले स्वागत र व्यवस्थापन विभागीय प्रमुख मानबहादुर कार्कीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width