जापानी विद्यार्थी फिस्टेलमा

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०८१
fishtail 1

पोखरा । फिस्टेल एकेडेमी मावि, पोखरा र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीबीच सिकाइ अनुभव आदानप्रदान भएको छ ।

फिस्टेल स्कुलको निमन्त्रणामा बुधबार विद्यालय आएका जापानी विद्यार्थी हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभव प्रस्तुत गरे । यस्तै, फिस्टेलतर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्ना अनुभव सुनाए ।

यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउने कुरामा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरे ।
टोलीकी प्रमुख किमुजोले शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै फिस्टेल स्कुलले आईबिपिवाईपी पद्दति अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

  • शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ…
  • उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातक तह प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार सम्मान गरिएको छ ।…
  • माउन्ट अन्नपूर्णमा वक्तृत्वकला

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । माउन्ट अन्नपूर्ण मावि, नदीपुरमा कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । साहित्य, कला…
  • पोखरामा खुल्यो गेन्स कलेज

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ । पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज)…
  • गुणस्तरीय शिक्षामा जोड

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा–२३, कुद्वीडाँडास्थित हर्पनकोट माविको शैक्षिक अवस्थाबारे छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ग्रामीण…

hero news full width