लमजुङ । पहिरो जोखिमले यहाँको एक गाउँका ४५ घरपरिवारको रात छिमेकी र विद्यालयका कक्षा कोठामा बित्ने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेका मस्र्याङ्दी गाउँपालिका–५, तल्लो चिप्लागाउँ पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका डाँडागाउँ र गैरीगाउँका ४५ घरपरिवारको रात छिमेकी र विद्यालयका कक्षा कोठामा बित्ने गरेको हो ।
गत १२ साउनदेखि तल्लो चिप्लामा पहिरो चल्न थालेपछि आफूहरूले छिमेकी र विद्यालयका कोठामा भएर रात बिताउने गरेको गाउँलेले गुनासो गरे । सो वडाका अध्यक्ष घनश्याम घलेका अनुुसार गाउँमाथि करिब एक÷डेढ सय मिटरमाथि धाँजा फाट्नुका साथै पहिरो बग्न थालेपछि घर छाडेर छिमेकी, आफन्त र विद्यालयको कोठामा रात बिताउन थालेका हुन् ।
घलेले भने, ‘पहिरोका कारण गाउँका ४२ घरधुरीका १ सय ८२ जना नजिकै डाँडागाउँ, विद्यालय र त्रिपालमुनि बसिरहेका छन् ।’ साउन १२ गते गाउँबाट माथि १ सय मिटरको दुरीमा जमिन धाँजा फाट्नुका साथै पहिरो चल्न थालेपछि तल्लो चिप्लाका वासिन्दा डराएर रातमा घरमा बस्न छाडेका हुन् । त्यहाँको अवस्था हेर्दा उनीहरुलाई घरमै बस भनेर भन्न सक्ने अवस्था नरहेको घलेले बताए ।
घटनापछि प्रजिअ बुद्धबहादुर गुरुङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीको टोलीले सो क्षेत्रको निरीक्षण गरेको उनले जानकारी दिए । प्रजिअ गुरुङले गाउँलेलाई स्थानान्तरण गर्नुपर्ने वा नपर्नेबारे गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिलाई पत्र पठाउने काम भएको बताए । उनले भने, ‘समितिको प्रविधिक टोलीले दिने प्रतिवेदन आधारमा मात्र गाउँलेका लागि के गर्नुपर्ने भन्ने यकन हुन्छ ।’ गाउँलेहरू बिहान घरमा जाने, खाना खाने, दिनभर काम गर्ने र साँझमा पनि छिट्टै खाना खाएर छिमेकी, आफन्तकोमा गएर रात बिताउने गरेका छन् ।
पहिरोको अवस्था र गाउँलेको मनस्थिति बुझेपछि प्रजिअ गुरुङले गाउँ उच्च जोखिममा परेको र सुरुमा नागरिकको ज्यान बचाउन सुरक्षित स्थानतर्फ गाउँलाई व्यवस्थापन गरिएको बताए ।
मस्र्याङ्दी ५, तल्लो चिप्लामा गैरीगाउँ र डाँडागाउँ गरी २ गाउँ रहेको र अहिलेको समस्या भनेको गैरीगाउँको रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गैरीगाउँको पहिरो र गाउँ रहेको स्थानको विशेषज्ञ टोलीले अध्ययन गर्न आवश्यक रहेको र सो टोली छिट्टै आउने आशामा आफूहरु हरेको बताए । उनले भने, ‘आज पनि म त्यही गाउँमा पुगेर फर्केको हुँ ।
गत १२ साउनदेखि तल्लो चिप्लामा पहिरो चल्न थालेपछि आफूहरूले छिमेकी, आफन्त र विद्यालयका कोठामा भएर रात बिताउने गरेको गाउँलेले गुनासो गरे ।
धाँजा फाटेको ठाउँ झन् फराकिलो भएको र त्यो गाउँ नजिकको खोल्सामा पहिरो चल्ने थालेको हुँदा जोखिम थप बढेको छ ।’ गाउँ बढी भिरालो ठाउँमा भएको हुँदा पनि समस्या जटिल रहेको उनलेब बताए । तल्लो चिप्ला गाउँका ४५ घरपरिवार जोखिममा रहेको पालिकाले सिफारिस गरेको अध्यक्ष गुरुङले बताए ।
लेखका गाउँमा यतिबेला कोदो रोप्ने चटारो चलिरहेको छ । लल्लो चिप्ला पनि लेककै एक गाउँ हो । त्यसैले गाउँलेहरू पनि यतिबेला दिनभर काम गर्ने र साँझ छिटो छिटो खाना पकाएर खाई नजिकैको रहेको छिमेकी डाँडागाउँ, विद्यालय हातामा त्रिपालमा बस्न जाने गरेको स्थानीय गंगा मिलन माविका शिक्षक काम सार्की गुरुङले बताए ।
उनका अनुसार गाउँले बस्नका लागि गैरीगाउँबाट १५ मिनेट जतिको बाटो डाँडागाउँ मुनि मकैबारी फाँडेर बासको लागि त्रिपाल लगाउने काम भएको छ । तल्लो चिप्लाको गैरीगाउँ पहिरोको चपेटामा परेको र गाउँका वासिन्दा डराएको वडाध्यक्ष घलेश्याम घलेले बताए । ती गाउँलेका लागि तत्काल गाउँपालिकाले २५, जिल्ला प्रशासन कार्यालयले ४ र नेपाल रेडक्रस सोसाइटीले १० त्रिपाल स्थानीयलाई दिएको छ । केहीलाई डाँडामा रहेको बाल विकास प्राविमा सुत्ने व्यवस्था मिलाइएको छ ।
Related News
सम्बन्धित समाचार
माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१