फोनिज रजत वर्ष अवसरमा पोखरामा पत्रकारबीच भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०८१
Fonij Volleyball Photo 2

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्ष अवसरमा बिहीबार पोखरामा पत्रकारबीच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकी आयोजना र फोनिज कास्कीको सहआयोजनामा भएको सो प्रतियोगिताले स्वास्थ्य, मनोरञ्जनसँगै पत्रकारबीच आपसी भाइचारा सम्बन्ध विकासमा सघाउ पु¥यायो । कतिपय पत्रकारले दशकौंपछि बल खेलेको भन्दै निकै रमाइलो लागेको प्रतिक्रिया दिए ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी भलिबल प्रतियोगिता (पुरुषतर्फ) प्रथम भयो । फोनिज गण्डकी टिमलाई ३–२ सेटमा हराउँदै प्रथम भएको हो । पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारे पनि फोनिजले बाँकी सेट गुमाएको हो । खेलकुद पत्रकार मञ्चले २१–२५, १९–२५, २५–१४, २५–२१ र १५–१३ सेटमा खेल जित्दै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा सीमित भयो ।

महिलातर्फ फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई सोझो सेट २५–२१ र २५–२० मा हरायो । भेट्रान्स भबिबलतर्फ आयोजकले पत्रकार महासंघ टिमलाई २५–१६ र २५–१४ को सोझो सेटले हरायो । दुवैतर्फ विजेता फोनिजले सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता पत्रकार महासंघ टिमले मेडल र प्रमाणपत्र पायो ।

छेलो पुरुषतर्फ अशोक थापा प्रथम हुँदै नगद २ हजार प्राप्त गरे । उनलाई फेटा लगाइदिँदै मेडल प्रदान गरियो । महिलातर्फ प्रियंका गर्बुजामगर प्रथम भइन् । उनले २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् ।

प्रतियोगिता उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलकुद र पत्रकारिता माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगनशील बनाउनुपर्ने बताए । परिषद् प्रदेशको खेल विकासमा तल्लीन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए ।

फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीसले फोनिजको रजत वर्ष अवसरमा फोनिज गण्डकी र कास्की शाखाले संयुक्तरुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको जानकारी दिए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङले पत्रकारबीच भाइचारा प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरेको बताए । खेलकुद संयोजक अर्जुन गाहा ‘सुशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए ।

फोनिजले यही २७ साउनमा पोखरामा मूल कार्यक्रम गर्दैछ । उक्त दिन फोनिज गण्डकीले जनही २५ हजार राशिको ‘कञ्चन पत्रकारिता पुरस्कार’ कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नलवपुरकी कमला रानामगरलाई प्रदान गर्ने फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले बताए । फोनिज स्थापनामा योगदान दिने र फोनिजको विकासमा सहयोग गर्ने अग्रज फोनिजकर्मीलाई पनि सम्मान गरिने उनले बताए।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width