हिलपोइन्टका विद्यार्थी आश्रममा

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०८१
Hillpoint School Donation News

पोखरा । हिल पोइन्ट सेकेन्डरी स्कुल र त्यहाँका १० कक्षाका विद्यार्थीले पोखरा–१५ टुटुङास्थित श्री सिद्ध परोपकार वैदिक गुरुकुल आश्रममा सहयोग गरेका छन् ।

करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको आश्रम अध्यक्ष भागवत् पं.भाष्कर कमलनयन गौतमले बताए । कक्षा–१० का विद्यार्थीले आफ्नो खाजा खर्च कटाइ बचत गरेको रकम र स्कुलको सहयोगमा डबल डेकर १० थान, विभिन्न पुस्तक, कापी कलम र खेलकुद सामग्री सहयोग गरिएको हो ।

कार्यक्रममा विद्यालय प्रिन्सिपल दिवाकर जैसीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको बताए । उनले विद्यार्थीलाई आपसी सहयोगको भावना विकास गर्न यसप्रकारको कार्यक्रमले शिक्षा दिने बताए ।

पण्डित गौतमले सहयोगप्रति आभार व्यक्त गर्दै यस्तै सानो–सानो सहयोगले नै आश्रम चलिरहेको बताए । उनले सरकारले भने खासै सहयोग नगरेको गुनासो गरे ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width