बैदाम प्रहरी प्रमुखको स्वागत

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०८१
samman polish

पोखरा । वाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी० सन्तोष निरौलालाई स्वागत गरिएको छ ।

१५ दिन अघिमात्र सरुवा भई आएका निरौलालाई माता तालवाराही सेवा समिति अध्यक्ष ढाकाबहादुर थापा, निवर्तनमा अध्यक्षद्वय गिरीराज अधिकारी र मंगल नेपालीले सामूहिकरुपमा सन्ध्या आरतीस्थलमा पवित्र रुद्र्राक्षको मालाले स्वागत गरेका हुन् ।

कार्यक्रममा निरौलाले पर्यटकीय राजधानी पोखराको शान्ति सुव्यवस्था कायम गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । साँझको समयमा फेवाताल किनारामा महाआरती सञ्चालन गर्दा समग्र मानिसमा सकारात्मक सन्देश प्रवाह भई नकरात्मक सोचको अन्त्य हुनेमा जोड दिंदै उनले धार्मिक एवं आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा शान्तिसुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

२०७५ असोज २४ मा घटस्थापनाका दिनबाट सञ्चालन भएको सन्ध्या आरती कोभिडको समय होस् वा बर्खाको बेलामा पनि निरन्तरता दिंदै आएको माता तालवाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापाले जानकारी दिए ।

संस्थाका निवर्तमान अध्यक्ष मंगल नेपालीका अनुसार परिवारका सदस्यको जन्मदिनमा वा पुण्यतिथिमा आरतीमा कर्ता बन्नेको संख्या दिन प्रतिदिन वृद्धि हुँदा आरती सञ्चालनमा सहयोग पुग्ने गरेको छ । यसले पर्यकीय राजधानी पोखरा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ छ ।

तालवाराही मन्दिरको समीप वाराही घाटमा प्रत्येक दिन साँझ ३ जना युवा पण्डितबाट संगीतमय धुनमा हुने सन्ध्या आरतीमा सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ ।
आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदान, लाछीधागो, फूलपाती लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने पण्डित तथा आरती समितिका कोषाध्यक्ष मदनराज न्यौपानेले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width