पर्वत २४ साउन । पर्वतमा दैनिकजसो डेंगु संक्रमितको संख्या वृद्धि भएपछि लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ । स्वास्थ्य कार्यालय पर्वत र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिएको हो ।
डेंगु संक्रमण फैलनुको मुख्य कारक लामखुट्टे भएकाले यसको निराकरण नगरेसम्म संक्रमण रोकथाम गर्न नसकिने भन्दै खोज र नष्ट अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनका अनुसार बढी जनघनत्व भएका, फोहरमैला बढी उत्सर्जन र बिसर्जन हुने ठाउँ, ग्यारेज, टायर तथा सफा पानी जम्मा हुने स्थानलाई लक्षित गरी खोज र नष्ट अभियान थालिएको हो । लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान नियमित सञ्चालन गरिने शर्माले बताए ।
पछिल्लो २ सातामा पर्वतमा ५६ जनामा डेंगु संक्रमण देखिएको छ । यसमा कतिपय गम्भीर बिरामी पनि छन् । डेंगु संक्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिका–४, ५, ६ र ७ का छन् । दैनिक संक्रमितहरूको संख्या बढेको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले संक्रमण फैलाउने सम्भावना बढी भएकाले खोज र नष्ट गर्ने अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले बताए ।
बजारमा पानीको अभावका कारण भाँडामा पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुनसक्ने प्लास्टिकजन्य वस्तुमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ गरिएको शर्माले बताए ।
सुरुमा दैनिक एक÷दुई जनामा डेंगु पुष्टि भएको भए पनि पछिल्ला समय दैनिक नौ जनासम्ममा डेंगु पुष्टि हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षण देखिए डेंगु भएको हुनसक्ने भएकाले समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१