पोखरा, २३ साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले आर्थिक सहयोग गरेका छन्।
मञ्चको सातौं स्थापना दिवस अवसरमा बुधबार आयोजित एक समारोहबीच उनले ११ हजार १११ रुपैयाँ बराबरको चेक मञ्च कोषाध्यक्ष कविता घर्ती मगरलाई हस्तान्तरण गरेका हुन् । पाल्पाका पत्रकार नेपाल आदर्श समाज दैनिक र राजधानी दैनिकमा कार्यरत छन्।
मञ्च अध्यक्ष दीननाथ बरालले १० लाख राशि पुर्याउने लक्ष्यसहित आफ्नो जन्मदिनमा अक्षयकोष स्थापनाको घोषणा गरेका थिए । सोवापत उनले १० हजार र पूर्व सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार सहयोग गरिसकेका छन्।
यसैबीच, मञ्चले गत २८ वैशाखमा आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्ड–०८० को आयव्यय सार्वजनिक गर्दै १ लाख ८६ हजार बचत भएको जनाएको छ।
२०७२ सालदेखि आयोजना गरेको स्पार्टस् अवार्डमा यसपालि ७ विधामा अवार्ड प्रदान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१