पोखरा । लायन अन्तर्राष्ट्रिय डिस्ट्रक्ट ३२५ जे नेपालको डिस्ट्रिक्ट पदाधिकारी पदस्थापन तथा पहिलो क्याबिनेट बैठक पोखरामा हुने भएको छ । लायन्स क्लब अफ पोखरा पिस भ्यालीको आयोजनामा १ भदौमा बैदामस्थित पोखरा इभेन्ट सेन्टरमा क्याबिनेट बैठक हुन लागेको हो ।
डिस्ट्रिक्ट गभर्नर मिलन थापाको आह्वानमा हुने कार्यक्रम भव्य बनाउन लायन्स पोखरा पिस भ्यालीका पूर्व अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा विभिन्न उपसमिति बनाई तयारी कार्य अगाडि बढाइएको बताइएको छ । यसपालि केही व्यावसायिक स्टलसमेत राखिने भएको छ ।
क्लबका संस्थापक अध्यक्ष सुदीप ओझाका अनुसार कार्यक्रम अझ भव्य बनाउन इलाइट मोटर्स, ब्रिटिस कलेज, रिलाइन्स फाइनान्स तथा अल्फा हेल्थ एण्ड ब्युटिका साथै अन्य धेरै संस्थाहरुको साथ र सहयोग रहने छ ।
देशभरबाट १२ सय हाराहारीमा लायन सदस्यहरुले भाग लिने क्लबका निवर्तमान अध्यक्ष तथा जोन २५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने बताए । यसबाट आन्तरिक पर्यटनमा टेवा मिल्ने आयोजकको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१