जनप्रियमा उत्कृष्ट विद्यार्थीको सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८१
Janapriya campus Main

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मंगलबार सम्मान बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत व्यवस्थापन समिति अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीले नै जनप्रियको शाखमा लोकप्रियता थपेको बताइन् । उनले आफ्नो क्षमताको पहिचान गरेर उच्चशिक्षा लिएमा अब्बल हुने धारणा राख्दै मिहिनेतले नै जीवनमा परिवर्तन आउने जनाइन् ।

नि. क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जनप्रियबाट नेपाल टप र क्याम्पस टप गरेका विद्यार्थीलाई उच्चशिक्षाको सफलताको शुभकामना दिँदै आफूले रुचाएको विषय अध्ययन गरे दक्षता हासिल गर्न मद्दत पुग्ने जनाए । खड्काले उच्चशिक्षाका लागि जनप्रिय क्याम्पस गण्डकीको गौरव भएको बताए ।

सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले उत्कृष्ट नतिजाका लागि करिअर काउन्सिलिङको आवश्कता र महत्वमाथि प्रकाश पार्दै सफलताका लागि रुचिको विषय छनौट गर्न सुझाए । पौडेलले मानीत विश्वविद्यालय उन्मुख जनप्रिय क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र पाएको जानकारी दिँदै शिक्षा मन्त्रालयबाट २ पटक मुलुकभरिकै सामुदायिक क्याम्पसमा सर्वोकृष्ट पुरस्कार पाएको हुँदा जनप्रिय उच्चशिक्षाका लागि ब्रान्ड बनेको बताए ।

बिएस्सी माइक्रोबायोलोजी संयोजक कल्पना गौतम अधिकारी, बिबिए, बिआईएमका संयोजक यमकुमार बराल, स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन संयोजक दिव्यालक्ष्मी चालिसे, अंग्रेजी विभाग प्रमुख टंकराज बराल लगायतले सर्वोकृष्ट नतिजा हासिल गरेका विद्यार्थी जनप्रियको दूत भएको बताउँदै शुभकामना दिएका थिए । सम्मानित विद्यार्थी परिवर्तन शर्मा र विजयकुमार दासले जनप्रियमा पढ्दाको अनुभव साटासाट गरेका थिए ।

बिआईएममा अभिशेख शर्माले ४ जिपिएसहित नेपाल टप गरेका थिए भने परिवर्तन शर्मा र प्रकृति बरालले ३.९९ जिपिएसहित दोस्रो स्थान ल्याएका थिए । बिबिएतर्फ सौगात भुसाल र रीया अधिकारीले ३.९८ जिपिएसहित मुलुकभरिमा दोस्रो स्थान हासिल गरेका हुन् ।

मानविकीतर्फ सोनाम खत्री, अशोक थापा, स्नेह लामा, शिक्षाशास्त्रतर्फ अमिता गुरुङ, तिलमाया गुरुङ, वसन्त बराल, व्यवस्थापनतर्फ नीरु राना, त्रिशाक कपाली, नवराज पौडेल र विज्ञान संकायतर्फ ताजस्विनी ढकाल, गोविन्द रावल र इन्द्रजित अधिकारी सर्वोकृष्ट भई सम्मानित भएका हुन् ।

प्लस टु कार्यक्रम संयोजक गणेश चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा अर्थशास्त्र विभाग प्रमुख शीलु चालिसेले स्वागत मन्तव्य राखेकी थिइन् । उपप्राध्यापक वेदहरि तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width