पोखरा । नेपाल काभा वुमन्स नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले भारतसँग भेट सुनिश्चित गरेको हो ।
राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३–२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो । सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० मा हराएको हो ।
भारतले अर्को सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल र भारतबीचको खेल बुधबार हुनेछ ।
जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताए । फाइनलमा नेपाल भारतविरुद्ध लिगचरणमा निकालेको जितलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यसअघिको जितलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।
तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१