कास्की, २२ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ ।
घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताए । “चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ”, गौतमले भने ।
अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा. सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको शव परीक्षण गरेपछि मुचुल्का बनाएर गाडिएको थियो । रासस
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१