एक्सपर्ट एजुकेशनको २१ औं वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८१
expert

पोखरा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेश अवसरमा विविध कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका म्यानेजर विष्णुप्रसाद गौतमले ‘सात दिन, सात कार्यक्रम’ गरी वार्षिकोत्सव मनाइरहेको बताए ।

गौतमका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिसन शैक्षिक सामग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । बुधबार वृक्षरोपण तथा सरसफाइ, वार्षिकोत्सवको मुख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु–द अल्टिमेट एजुकेशन एक्स्पो गर्न लागिए म्यानेजर गौतमले बताए । एक्सपर्ट वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था हो ।

संस्थाका अनुसार उच्च शिक्षाका लागि विदेश पढाउन चाहने अभिभावकका लागि कार्यशाला गरिएको हो । माछापुच्छेको रुम्जास्थित हिमाली आधारभूत विद्यालयका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको एक्सपर्टका म्यानेजर तथा एचआरहेड सलि देवानले बताए । यस्तै पुम्दीभुम्दीमा गत वर्ष सारिएको बोटबिरुवा गोडमेलसहित पार्क सरसफाइ कार्यक्रम छ ।

बिहीबार सिग्नेचर कार्यक्रमरुपमा नेपालस्थित २३ ब्रान्चहरुले एकसाथ बिहान साढे ७ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग, रक्तदान, सरसफाइ, वृक्षरोपण कार्यक्रम राखिएको म्यानेजर देवानले जनाए ।

अन्तिम दिन एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने म्यानेजर देवानले बताए ।

अष्ट्रेलिया, यूके, क्यानाडा, न्यूजिल्याण्ड, यूएसए लगायतका देशका लागि शैक्षिक परामर्श दिइने उनले बताए । शैक्षिक लोनका लागि प्रत्यक्ष परामर्श प्रदान गर्ने हेतु बैंकका प्रतिनिधिसमेत उपस्थित रहनेछन् ।

एक्सपर्ट पोखराका म्यानेजर रमेश बास्तोलाका अनुसार एक्स्पर्ट पोखराले जनवरीदेखि अहिलेसम्म ७ महिनामा झण्डै ७ सय विद्यार्थीलाई रोजेको गन्तव्यमा पु¥याउन सहयोग गरिसकेको छ । पोखरा ट्रेड मलस्थित एक्सपर्टमा यहाँ मात्रै ३५ जना कर्मचारी कार्यरत् छन् ।

अष्ट्रेलिया सिड्नीमा सन् २००३ अगष्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखा छन् । एक्सपर्टले शैक्षिक परामर्शसँगै आइईएलटिएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई गन्तव्य मुलुकमा रहेका शाखाबाट समेत सहयोग गर्दै आइरहेको बास्तोला बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width